नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका हास्य टेलिशृंखला बन्द

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका हास्य टेलिशृंखला बन्द


नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका विभिन्न चर्चित हास्य टेलिशृंखलाहरू बन्द भएका छन् । रातिको आठ बजेको समाचारपछि ४० मिनेटसम्म प्रसारण हुने ती कार्यक्रमहरू बन्द भएपछि सो समयमा नेपाल टेलिभिजनले ‘फिलर’ हालिरहेको छ ।

नेपाल टेलिभिजनबाट मिडिया हबले पारिवारिक टेलिश्रृंखला परिचय (आइतबार), हास्य टेलिशृंखला ब्रेक फेल (सोमबार), मेरी बास्सै (मंगलबार), जिरे खुर्सानी (बिहीबार) र भद्रगोल (शुक्रबार) उत्पादन गरेर प्रसारण गर्दै आएको थियो ।

कार्यक्रम उत्पादक मिडिया हबका अनुसार ती हास्य टेलिशृंखला प्रसारण गर्ने नेपाल टेलिभिजनसँगको सम्झौता अवधि सकिएकाले बन्द भएका हुन् ।

ती टेलिशृंखला प्रसारणका लागि नेपाल टेलिभिजनसँग तीन वर्षका लागि गरेको सम्झौता समाप्त भएकोले बन्द भएको मिडिया हबका सञ्चालक सोम धितालले बताए ।