तपाईंको यो साता (राशिफल, ०७५ साउन १६–२२)

तपाईंको यो साता (राशिफल, ०७५ साउन १६–२२)


– ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईंका मिहिनेतको प्रशंसा गर्नेछन् । परिवारसँग रमाइलो भेटघाट हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । सजिलै अरूको विश्वास जित्न सकिनेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नु पूर्वमहालक्ष्म्मीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ

वृष
बोलीको विपरीत अर्थ लाग्न सक्छ । झुटो आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साताको अन्त्यबाट काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ हरियो वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन
सहयोगी हातहरू अघि बढ्नेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । मध्यसातामा विचार गरेर निर्णय लिनु उचित होला । सौन्दर्यमा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट
साताको उत्तरार्धबाट आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभसमाचार सुन्न पाइनेछ । व्यापार–व्यवसायमा फाइदा होला । वाहन लाभ हुने समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि माता महाकालीजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ खैरो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । पारिवारिक समस्या रहला । स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ । मध्यसाताबाट आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ गाढा पहेँलो वा खैरो हो । कुनै शुभकर्म गर्नुपूर्व आफ्नो इष्टदेवको स्मरण गरी यात्रा गर्दा अधिक लाभ मिल्नेछ ।

तुला
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभा–समारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ सेतो वा पहेँलो हो । शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक
पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुन सक्छ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । पारिवारिक जीवनमा रमाइलोपना आउनेछ । रमणीय र सुखद यात्राको योग छ । जोस, जाँगर र हिम्मत बढ्नेछ । मनपर्ने व्यक्तिको साथ पाइएला । कतै छोटो दूरीको लाभदायी यात्रा पनि हुन सक्छ । नयाँ कार्यको योजना बन्नेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ पहँेलो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्कोे स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु
बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । साताको अन्त्यमा आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ पहँेला वा गुलाबीे हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

मकर
महत्वपूर्ण कार्यमा व्यवधान आउनुका साथै आर्थिक कारोबारमा विवाद आउनेछ । साताको अन्त्यबाट लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सोचेको, आँटेको काममा फाइदा मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ रातो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कुम्भ
धर्मकर्म, परोपकार, समाजसेवाजस्ता कार्यमा मन लाग्नेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आँटेकोे र ताकेको कार्य पूरा हुनेछ । साताको अन्त्यबाट ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मीन
दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको दर्शन गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।