आकर्षक पोस्टरसँगै ‘यमला पगला दिवाना’ चर्चामा

आकर्षक पोस्टरसँगै ‘यमला पगला दिवाना’ चर्चामा


सनी देओल, बबी देओल र धर्मेन्द्रद्वारा अभिनीत हिन्दी फिल्म ‘यमला पगला दिवाना’ आउँदो ३१ अगस्टमा रिलिज हुने भएको छ । नयाँ रिलिज डेटसँगै फिल्मको नयाँ पोस्टर पनि रिजिल गरिएको छ जुन निकै आकर्षक देखिनुको साथै चर्चित पनि बनेको छ । पोस्टरमा तीनैजना बुवा–छोरालाई कमेडियन मुद्रामा देखाइएको छ ।

‘यमला पगला दिवाना’ पहिलो १५ अगस्टमा रिलिज हुने घोषणा गरिए पनि सोही मितिमा अक्षयकुमारको ‘गोल्ड’ पनि रिजिल हुने भएकोले रिलिजको डेट १५ दिन अर्थात् दुई साता पर सारिएको हो ।

यो फिल्ममा सलमान खान, रेखा र सोनाक्षी सिन्हाले पनि प्रमुख भूमिका निर्वाह गरेका छन् । उनीहरूलाई यो फिल्ममा नृत्य गरेको रोलमा देखाइएको छ । फिल्मको रिलिज डेट पक्का भएपछि यो फिल्म पूर्ण रूपमा मनोरञ्जनात्मक भएको र दर्शकलाई ध्यानमा राखेर बनाएको धर्मेन्द्रले बताएका छन् ।

यो फिल्मको निर्देशन पञ्जावी फिल्ममेकर नवनीत सिंहले गरेका हुन् भने प्रोडक्सनको जिम्मा सनी देओलले सम्हालेका छन् ।