बंगलादेशका नेपाली विद्यार्थी आन्दोलित

बंगलादेशका नेपाली विद्यार्थी आन्दोलित


नेपाल स्टुडेन्ट युनियन, बंगलादेशमा आवद्ध नेपाली विद्यार्थीहरुले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईमाथि कनुनी कारबाही हुनुपर्ने भन्दै माग गरेका छन् ।

प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिला विद्यार्थीरुलाई लक्षित गरी गलत अभिव्यक्ति दिएका थिए । यस्तै, विद्यार्थीहरुले पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत गलत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । उनिहरुले थापाले माफी माग्नुपर्ने भन्दै आवाज उठाइरहेका छन् । थापाले शिक्षाको गुणस्तरमाथि अभिव्यक्ति दिएको युनियन अध्यक्ष राजु साहले जानकारी दिए ।

विद्यार्थीहरुले प्रेस विज्ञप्ती नै जारी गरी चरणबद्ध आन्दोलनका कार्यक्रमको समेत घोषणा गरेका छन् । आन्दोलित विद्यार्थी युनियनले आज ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउने भएका छन् । यस्तै, १७ गते ढाकामा सांकेतिक विरोध , १८ गते ढाकास्थित दूतावासमा १२ बजेदेखि धर्ना दिने कार्यक्रमहरु विज्ञप्तीमा उल्लेख छ ।