बद्रीविक्रम जन्म स्मृतिसभा

बद्रीविक्रम जन्म स्मृतिसभा


कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीको आयोजनामा राजधानीमा बद्रीविक्रम थापाको ९६औं जन्म स्मृतिसभा सम्पन्न भयो । सो अवसरमा बद्रीविक्रम थापाद्वारा स्थापित ‘सेवा पुरस्कार नेपाल’ २०७५का लागि वरिष्ठ समाजसेवी श्रीजङ शाहलाई प्रदान गरियो ।

केही समयम अघि समाजसेवी शाहले कान्तिपथस्थित अरब पर्ने आफ्नो जग्गा नेपालगंज स्थित फत्तेबाल आँखा अस्पताललाई दान दिएका थिए ।

सोही अवसरमा हिन्दु विद्यापिठ नेपाल थलीका विद्यार्थी तिर्थमान तामाङलाई बद्रीविक्रम चरित्र निर्माण पुरस्कार प्रदान गरियो ।

सोही अवसरमा गुठीको वार्षिक प्रकाशन ‘सेवा नेपाल’को साहित्यकार मनु ब्राजाकी विशेष अंक समेत सार्वजनिक गरिएको थियोे । सो विशेष अंकमा बरिष्ठ आख्यानकार तथा साहित्यकार ब्राजाकीका बारेमा लेखिएका आलेखहरु संकलन गरिएको कार्यक्रमका उदघोषक जीवनचन्द्र कोइरालाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व गभर्नर हिमालय शमशेर जबराले पूर्व प्रशासक तथा समाजसेवी बद्रीविक्रम थापाको कर्मशीलताको चर्चा गरे ।

गुठीका अध्यक्ष वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व श्रीजङ शाह, किरण विक्रम थापालगायतले बोलेका थिए ।