तपाईंको यो साता (राशिफल, ९–१५ साउन ०७५)

तपाईंको यो साता (राशिफल, ९–१५ साउन ०७५)


– ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा अरूको वचन टार्न नसक्दा दुःख पाइने र धन खर्च पनि हुनेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ रातो वा पहँेलो हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृष
अनावश्यक ठाउँमा धन खर्च होला । खिन्न हुने स्थिति आउनेछ । साताको अन्त्यबाट धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । यो साताका लागि शुभअङ्क ५, ७ र शुभरङ सेतो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मिथुन
प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । शुभसमाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्क २, ४ र शुभरङ रातो वा पहँेला हो । कुनै शुभकर्म गर्नुअघि विष्णुजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

सिंह
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । दैनिक कार्यमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । वैदेशिक यात्राको योग छ । साताको अन्त्यमा चोटपटकको सम्भावनाका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

कन्या
शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला । साताको पूर्वार्धबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । राज्यबाट मानसम्मान पाइनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ रातो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला
धर्म तथा समाजसेवामा मन लाग्नेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । जोस, जाँगर र हिम्मत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । साथै अकस्मात् धनसम्पत्ति हात पर्नेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । चुनौतीको सामना गर्नुपर्ला । मनमा द्विविधा उत्पन्न हुनेछ । मध्य सातामा भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ गुलाबी वा सुन्तलारङ हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

मकर
परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । धार्मिक काममा रुचि बढ्नेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आकस्मिक धनलाभ हुनेछ । यो साताका लागि शुभअङ्क ७, ९ र शुभरङ पहँेलो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ
मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ खैरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्मीजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मीन
सानो प्रयासले भाग्य निर्माण गर्न सकिने दिन छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । नयाँ काम वा रोजगार पाइनेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ हरियो वा घ्यूरङ हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णुजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।