देशभर अनसन बस्न चिकित्सक संघको उर्दी

देशभर अनसन बस्न चिकित्सक संघको उर्दी


अनसनकारी डा. गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले मुलुकभरकाअ स्वास्थ्य सस्था र आफ्ना सबै शाखाहरुलाई चार बुँदे उर्दी पनि जारी गरेको हो ।

संघले मुलुुकभर रहेका चिकित्सकहरुलाई आआफ्नो जिल्लामा रिले अनसन, र्याली धर्ना लगायतका विरोधका कार्यक्रम गर्न र नागरिक समाजसँग मिलेर सशक्त विरोधमा उत्रन पनि अपिल गरेको छ ।

यस्तै, संघले आवासीय चिकित्सकहरुले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिस्कारमा ऐक्यवद्धता जनाएको छ । साथै देशभरका चिकित्सकहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट बहिस्कार गर्न र वैकल्पिक उपायबाट ओपीडी सेवा सञ्चालन गर्न आहृवान गरेको छ ।