पौडी खेल्ने क्रममा दिदीबहिनीको मृत्यु

पौडी खेल्ने क्रममा दिदीबहिनीको मृत्यु


चितवनको खैरहनी नगरपालिका–३ को लदरी खोलामा पौडी खेल्ने क्रममा दुई बालिकाको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–३ का रवि विकका छोरीहरू १३ वर्षीया करुणा विक र १० वर्षीया रिया विकको लदरी खोलामा डुबेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

आज दिउँसो १ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेर बेहोस भएका उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । उनीहरूसँगै पौडी खेल्ने अर्की बालिका काठमाडौं इमाडोलकी १५ वर्षीया अस्मिता गौतमको भने जीवितै उद्धार गरेको छ । गौतमको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।