बिजुली चोर्ने ११ पक्राउ

बिजुली चोर्ने ११ पक्राउ


तुलसीपुर उपमहानगरपालिका–१३ को फूलबारीमा विद्युत चोरी गर्ने ११ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पक्राउ पर्नेहरूमा सोही ठाउँका दीपक नेपाली, जितराम विश्वकर्मा, कमल विक, प्रेम डाँगी, भरत विक, छविलाल खड्का, नरबहादुर विश्वकर्मा, सुरज विक, खोपीराम खत्री र पोषण न्यौपानेलगायत छन् ।

उनीहरूलाई नेपाल विद्युत वितरण कार्यालय तुलसीपुरका प्रमुख दीपक चौधरीको नेतृत्वमा गएको टोलीले आज पक्राउ गरेको हो ।

फूलबारी क्षेत्रबाट व्यापक रूपमा विद्युत चुहावट भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।

पक्राउ परेका ११ जनालाई विद्युतीय ऐनअनुसार कारबाही गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।