पहिलो साउने सोमबार शिवालयमा भक्तजन

पहिलो साउने सोमबार शिवालयमा भक्तजन


साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको थियो । बिहान ३ बजेदेखि नै भक्तजन पूजा एवं दर्शनका लागि लाममा बसेका थिए भने दिउँसो चार बजे सम्ममा करिव तीन लाख भक्तजनले मन्दिर प्रवेश गरी पूजा गरेका थिए ।

सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान् शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा बसेको सम्बन्धित विज्ञजन बताउँछन् । साउनको सोमबार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यसै अवसरमा पशुपतिनाथ मन्दिर परिसर पुगेका घटना र विचारका छविकार प्रवीण श्रेष्ठले खिचेका केही तस्बिर हेरौँ-