प्रधानले दिए उपाध्यक्ष पदबाट राजीनामा

प्रधानले दिए उपाध्यक्ष पदबाट राजीनामा


नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्ष एवम् नेपालकै पहिलो शारीरिक सुगठन संस्था नेपाल व्यायाम मन्दिरका अध्यक्षसमेत रहेका नारायण प्रधानले आफ्नो उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

क्लबको विधानबमोजिम क्लबका अध्यक्ष अन्य संस्थाको कार्यकारी पदमा रहन नसक्ने भएका कारण नेपाल शारीरिक सुगठनको उपाध्यक्ष पदमा रहिरहन असमर्थ रहेकाले पदबाट राजीनामा दिएको राजीनामापत्रमा जनाइएको छ ।

प्रधानले क्लबको विधानबमोजिम क्लबका अध्यक्ष अन्य संस्थाको कार्यकारी पदमा रहिरहन बन्देज गरेको र नेपालमा दुई शारीरिक सुगठन संघको अस्तित्व रहेको तथा नेपालको पहिलो शारीरिक सुगठन संस्था नेपाल व्यायाम मन्दिर सबैलाई समान रूपले स्थान प्रदान गर्दै नेपालमा शारीरिक सुगठनका खेलाडी उत्पादन र खेलको विकास गर्ने उद्देश्यले स्थापित संस्था रहेकोले कुनै पनि संघमा बसिरहनु आफ्नो नैतिकताले नदिएका कारण पदबाट राजीनामा दिएको बताएका छन् ।

प्रधानले पदबाट दिएको राजीनामा संघले स्वीकृत गरेको प्रधानले जानकारी गराए ।