प्रचण्ड भन्छन्- ‘कांग्रेस सिद्धियो !’

प्रचण्ड भन्छन्- ‘कांग्रेस सिद्धियो !’


प्रचण्डले काङ्ग्रेस अब इतिहासको पातामा सीमित हुने बताएका छन् । पुष्पलालको ४०औं स्मृति दिवसका अवसरमा काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एजेण्डाविहीन भएर काङ्ग्रेसले यतिबेला गोविन्द केसीलाई एबोकी हिँडेको र यसैबाट काङ्ग्रेस सिद्धिने बाटोमा लागेको स्पष्ट भएको बताएका हुन् ।

चिकित्सक केसीको अनसनप्रति व्यंग्य गर्दै प्रचण्डले एकदुई जनालाई अनसन बस्न लगाउँदै आफूले चाहेको जस्तो हुने भए मुलुकमा विधान–संविधान किन चाहियो ? स्थानीय तह किन चाहियो ? संघीय प्रदेश किन चाहियो ? भन्ने प्रश्न गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रचण्डले प्रमुख विपक्षी दल कांग्रेसको चर्को आलोचना गर्दै कांग्रेस अब इतिहासको विषयमा सीमित रहने दाबी गरे ।

उनले अनशनरत डा. गोविन्द केसीको काम नै अनशन बस्ने भएको र त्यसलाई नेपाली समाजले पचाइसकेको भन्दै त्यही विषयलाई लिएर कांग्रेसले आन्दोलन गरेकोमा आक्रोश पोखे ।

डा. केसीको जीवनरक्षाको दायित्व सरकारको भएको प्रचण्डको भनाइ थियो । तर, अर्को पक्ष गम्भीर नभएको उनले बताए । तथाकथित लोकतान्त्रिक भन्ने तागत शायद उहाँको हत्या गर्न र लासको राजनीति गर्न चाहेको हो कि भन्ने प्रश्न खडा भएको छ ।