केसीका माग जायज : सिटौला

केसीका माग जायज : सिटौला


कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रा.डा. गोविन्द केसीले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

यहाँ चितवनमा पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उनको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए । उनले उठाएको माग जायज छ भन्दै नेता सिटौलाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले उनको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताए । नेता सिटौलाले भने, ‘अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यसकारण समस्या भएको हो ।’

उनले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी नचल्ने बताए ।