बसपार्क क्षेत्रमा नयाँ सहकारी संस्था

बसपार्क क्षेत्रमा नयाँ सहकारी संस्था


सामाजिक उत्तरदायित्वको भावनासहित आत्मनिर्भरताको उदाहरण प्रस्तुत गर्दै राजधानीका केही जुझारु महिलाहरूको सक्रियतामा एक सहकारी संस्था सञ्चालनमा ल्याइएको छ । नयाँ बसपार्क मित्रनगरस्थित रोसपमा ‘माँ सन्तोषी सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.’को उदघाटन सोही संस्थाका अध्यक्ष रजनी मल्लीले गरेकी हुन् ।

दश वर्षअघि नै सञ्चालनमा आए पनि उल्लेख्य गति लिन नसकेको सो संस्थालाई नयाँ व्यवस्थापनमा अघि बढाउन लागिएको अध्यक्ष मल्लीको भनाई छ । विशेष आर्थिक योजना एवम् लघुवित्त कार्यक्रमसमेतको लक्ष्य राखी बसपार्क क्षेत्रमा नयाँ व्यवस्थापनसहित सहकारी संस्था सञ्चालनमा ल्याइएको मल्लीले जानकारी दिइन् ।

संस्थाको उपाध्यक्षमा छुनु राजभण्डारी, सचिवमा कृष्णनारायण श्रेष्ठ, कोषाध्यक्षमा सुनिरा तिमिला तथा सञ्चालकहरूमा दुर्गा बस्नेत, सृजना श्रेष्ठ, कुमारी रुपक जोशी रहेका छन् भने लेखा समिति संयोजकमा ध्रुवराम प्रधान, सदस्य मीता गुरूङ र विजेन्द्र बस्नेत रहेका छन् । संस्था उदघाटनका अवसरमा संस्थासम्बद्ध पदाधिकारीहरूका अलावा नयाँ खाता खोल्ने सदस्यहरूको उपस्थिति रहेको सञ्चालक सदस्य सृजना श्रेष्ठले जानकारी दिइन् ।