शेयर लगानीकर्तालाई व्यक्तिगत विवरण अद्यावधिक गर्न आग्रह

शेयर लगानीकर्तालाई व्यक्तिगत विवरण अद्यावधिक गर्न आग्रह


शेयर कारोबारका लागि व्यक्तिगत विवरण अद्यावधिक गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले शेयर लगानीकर्तालाई आग्रह गरेको छ । पूर्ण सञ्चालित अनलाइन कारोबार प्रणाली शुरु भइसकेको सन्दर्भमा नेप्सेले शेयर दलाल कम्पनीमा सम्पर्क गरी सो विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।

स्टकले यही साउन १ गतेदेखि अनलाइन कारोबार प्रणाली शुरु गरेको हो । सो प्रणालीमा ५० वटै दलाल कम्पनी आबद्ध भइसकेका छन् ।

नेप्सेले भनेको छ, ‘व्यक्तिगत विवरण अद्यावधिक गरी युजरनेम र पासवर्ड लिई अनलाइन कारोबार प्रणालीमा जोडिन आग्रह गर्दछौँ ।’

यो परीक्षण कारोबार भएकाले उपलब्ध गराइएको युजरनेम र पासवर्डमार्फत लगानीकर्ताले कारोबारको विवरण मात्र हेर्नसक्ने मात्रै व्यवस्था गरिएको छ । परीक्षण कारोबारका क्रममा सरोकार भएका व्यक्तिबाट प्राप्त भएको सुझावलाई नेप्से अनलाइन ट्रेडिङ सिस्टममा यथाशक्य समेटिने नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।