देउवाको विदेश भ्रमण स्थगित

देउवाको विदेश भ्रमण स्थगित


पछिल्लो राजनैतिक घटनाक्रमका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साताव्व्यापी विदेश भ्रमण स्थगित भएको छ । राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै सभापति देउवाले विदेश भ्रमणका कार्यतालिका परिवर्तन गरेका हुन् ।

सभापति देउवा आज अपराह्न सिंगापुर प्रस्थान गर्ने कार्यक्रम भएपनि अहिलेको स्थितिमा देशमै रहेर काम गर्नुपर्ने भएकोले विदेश भ्रमण स्थगन गर्नुपरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुलुकमा चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा नागरिक समाज, डा. केसी लगायतले आन्दोलन गरिरहेका छन् । देउवाले डा. केसीसँग सरकारले वार्ता गरेर उनको माग पुरा गर्नुपर्ने पनि बताएका छन् । पार्टी कार्यालयका अनुसार सभापति देउवाको विदेश भ्रमण केही पछि सरेको जानकारी दिएको छ ।