कानुनमन्त्री तामाङले माफी माग्दै भने, ‘संचारमाध्यमले थाहा पाएछन्’

कानुनमन्त्री तामाङले माफी माग्दै भने, ‘संचारमाध्यमले थाहा पाएछन्’


गत शुक्रबार कानुनमन्त्री शेरबहादुर तामाङले एक निजी विद्यालयको कार्यक्रममा बंगलादेशमा मेडिकल शिक्षामा अध्ययनरत नेपाली छात्राहरुको बारेमा केही अभिव्यक्ति दिएका थिए । मन्त्री तामाङले मेडिकल अध्यनका लागि नेपाली चेलीहरुले बंगलादेशमा शरीर बेच्नुपरेको भन्दै भाषण गर्न भ्याएका थिए । उनको यही अभिव्यक्ति अहिले उनलाई निल्नु न ओकल्नुु भएको छ ।

उनले आफ्नो भाषणका क्रममा बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली छात्राहरुले आफ्नो अस्मिता नबेची प्रमाणपत्र नपाउने गरेको बताए । मन्त्रीले नै यसरी अभिब्यक्ति दिएपछि उनको चर्को बिरोध भइरहेको छ यतिबेला । उनको यही अभिव्यक्तिका कारण बंगलादेश लगायतका मुलुुकहरुमा अध्ययन गरिरहेका विद्यार्थीहरु उनको आलोचनामा उत्रिएका छन् ।

मन्त्री तामाङले ‘बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफकेट लिनका लागि उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ ।’ कानुनमन्त्रीले नै सार्वजनिक कार्यक्रममा यसरी बोल्दा समाजले कसरी लियो होला यो गम्भिर विषय बनेको छ ।

संचारमाध्यममा निकै भाइरल बनेका छन् कानुनमन्त्री यतिबेला । केही समय अघि बिएन्डसी मेडिकल कलेजका विवादास्पद सञ्चालक दुर्गा प्रसाईले पनि मन्त्री तामाङले जस्तै अभिव्यक्ति दिएका थिए । उनको यो घटना सेलाउन नपाउँदै मन्त्रीले पुनः यस्तै अभिव्यक्ति दिनु गम्भिर विषय बनेको छ ।

यता, मन्त्री तामाङले आइतबार दिउँसो एक विज्ञप्ति नै प्रकाशित गर्दै विशेष सन्दर्भमा बोलिएको कुरा सञ्चारमाध्यममा आएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शास्त्र अध्ययनरत दुई हजारभन्दा बढी विद्यार्थीले भोग्नु परेको समस्यालाई आफूले उजागर गरेको दावी गरेका छन् ।