आत्मरक्षात्मक खेलकुद प्रशिक्षण

आत्मरक्षात्मक खेलकुद प्रशिक्षण


नोबेल एकेडेमीको आयोजनामा महिला हिंसाविरुद्ध आत्मरक्षात्मक खेलकुद प्रशिक्षण सम्पन्न भएको छ ।

पाँचदिने प्रशिक्षणमा ९० छात्राहरुको सहभागिता रहेको थियो । उनीहरुलाई तेक्वान्दोका मोहन विक, रञ्जना थापा र सविना भट्टराईले आत्मरक्षासम्बन्धी तालिम प्रदान गरेका थिए ।

सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले खेलकुदको माध्यमबाट महिलाहरुको आत्मबल बढाउन र समाजमा निर्धक्क भएर हिँड्ने वातावरण निर्माण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।