पूर्वजर्नेल भरतकेशर सिंहको निधन

पूर्वजर्नेल भरतकेशर सिंहको निधन


विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरत केसरी सिंहको निधन भएको छ । नेपाली सेनाका पूर्वजर्नेल सिंहको उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।

युरिनमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका सिंहलाई पछिल्लो समय निमोनियाले समेत सताएको बयोधा अस्पताल स्रोतले जनाएको छ । करिव तीन साताअघि उनलाई उपचारको निम्ति सो अस्पताल भर्ना गरिएको थियो । आइतबार बिहानै हृदयघातका कारण पूर्वजर्नेल सिंहको निधन भएको सिंहका निकटजनले जानकारी दिएका छन् । सिंहको पार्थिव शरीरलाई दिउँसो १२ः३० बजे बनकालीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । दिवंगत सिंहका तीन छोरा छन् ।