नेपालमा ८० प्रतिशत कपडा चोर बाटोबाट आयात

नेपालमा ८० प्रतिशत कपडा चोर बाटोबाट आयात


विदेशबाट नेपाल आयात हुँदै आएको ८० प्रतिशत कपडा चोरबाटो हुँदै आउने गर्दछ । एक तथ्यांकका अनुसार नेपालमा प्रयोगका लागि आयात हुने कपडाको अबैध आयात बैध भन्दा चार गुणा बढी रहेको छ ।

सरकारले नेपाल भित्रिने सबै कपडालाई भन्सारको दायरामा ल्याउने हो भने वार्षिक १३ अर्ब रुपैयाँ राजस्व सकलन हुने तथ्याँकले देखाएको छ ।

अघिल्लो बर्ष १ खर्ब रुपैयाँ बढी राजश्व संकलन गर्ने लक्ष्य लिएको नेपाल सरकारले कपडाको अवैध आयातलाई रोक्न सक्ने हो भने झण्डै १० अर्ब रुपैयाँ भन्दा बढी राजश्व बृद्धि हुनेछ ।

विदेशबाट नेपालमा बार्षिक १३ करोड मिटर कपडा बैध रुपमा आयात हुँदै आएको र जसमध्ये स्वदेशी उद्योगले ७ करोड मिटर उत्पादन गरिरहेको तथ्यांक नेपाल व्यापार प्रबर्धन केन्द्रसँग छ । केन्द्रका अनुसार नेपाललाई बार्षिक १ सय करोड मिटर कपडा आवश्यक पर्छ ।