अनुत्तरदायी पत्रकारितामार्फत् झुठ र भ्रमको खेती

अनुत्तरदायी पत्रकारितामार्फत् झुठ र भ्रमको खेती


– गोपाल पराजुली

सुधीर शर्मा सम्पादक भएका बखत कान्तिपुर पत्रिकामा मलाई एसएलसी फेल भनेर लेखियो । त्यसका रचनाकारमा पत्रकार कृष्ण ज्ञवाली हुनुहुन्थ्यो र खोज पत्रकारिता केन्द्रका शिव गाउँलेको हवाला दिइएको थियो । त्यो खोज पत्रकारिता केन्द्रको आर्थिक स्रोत विदेशी संस्था हो भन्ने कुरा सबैलाई थाहा छ । त्यसैको सेरोफेरोमा सेतोपाटी नामक अनलाइनमा शोभा शर्माको नामबाट पनि मेरा विरुद्ध अफवाह फैलाउने कोशिस भयो । हिमाल मिडियाका कनकमणि दीक्षित समेतको हरकत त्यहाँ मिसिएको थियो ।

हामीकहाँ एउटा प्रवृत्ति नै छ– विदेशी संस्थाको भरणपोषणमा बाँचेका मिडियाहरूमा जे–जे लेखिन्छ त्यही नै सत्य हो भनेर जनमानसमा भ्रम छर्ने । अनि तिनै मिडियाको आडमा आफूलाई प्रभावशाली र ठालू ठान्ने । हुन पनि यो महँगीमा काठमाडौँको बसोवास, भड्किलो र खर्चालु जीवनशैली विनाकुनै करतुत कहाँ सम्भव होला र ? अनि त्यही देखासिकीमा सबैजनाले दीक्षित जस्तै धनी बन्ने चाहना राख्छन् र सुरु हुन्छ अनुत्तरदायी पत्रकारिता । त्यही धन्दामा केही पात्रहरू मेरो निजी र सार्वजनिक जीवनमा खेलवाड गर्न, भ्रम छर्न र झुठको खेती गर्न आए ।

मेरा विरुद्धमा लेखेर कोही कसैको उद्दार भरिएको भए वा शानमान बढेको भए मैले सन्तोष नै मान्नुपर्छ । म उहाँहरूलाई धन्यवाद भन्छु । गीतामा कतै भगवान कृष्णले भन्नुभएको पनि छ– ‘मलाई गाली गर्नु पनि मुक्तिकै बाटो हो ।’ भगवान रामको नामलाई उल्टोतिरबाट जप गर्ने पौराणिक पात्र अजामिलले त मुक्ति पाएको शास्त्रीय प्रमाण हामीमाझ छ भने मेरा विरुद्ध लेखेको पनि मेरै महानताको कारण रहेछ भन्ने मैले ठान्नुपर्छ । तथापि झुठ र भ्रमको प्रचारबाट कसैको पारिवारिक र सामाजिक जीवनमा पीडा कस्तो हुँदोरहेछ भन्ने कुरा चाहिँ भोग्नेलाई मात्रै थाहा हुन्छ ।

मलाई एसएलसी नै पास गरेको छैन भनेर कान्तिपुरले लेखेपछि मेरो छोराको एकजना साथीले भनेछन्, – ‘तेरो बाबा एसएलसी फेल भएर पनि प्रधानन्यायाधीश हुनुभयो त ! तैले किन पढ्नुपर्यो ?’ बालसुलभ मस्तिष्कमा त्यसको प्रभाव कस्तो पर्यो होला ? मेधावी हुँदाहुँदै छोराले पढ्नतिर मन गरेन । त्यसको क्षतिपूर्ती के हुन्छ ?

मलाई के लाग्छ भने कसैको सामाजिक प्रतिष्ठामा धावा वोल्ने पीत पत्रकारिताको कुकर्मले भोलिका दिनमा सिङ्गो मिडियाप्रति नै मानिसको विश्वास हराउन सक्छ । सत्यतथ्य सम्प्रेषण गर्ने आदर्श अंगालेका मिडिया नै झुठको खेतीमा लाग्छन् भने के त्यस्ता मिडियाहरू राष्ट्रका लागि विषवृक्ष होइनन् र ? कसैको प्रतिष्ठामाथि खेलवाड गर्नेले यो बुझ्न जरुरी छ कि पेट पाल्नकै लागि यस्तो कुकर्म नगरियोस्, यस्तो कुकर्म नदोहोरियोस् । आफूले लेखेको कुरा कि त प्रमाणित गर्न सक्नुपर्यो, होइन भने विदेशी सहयोगमा गरिने यस्ता ‘खोज पत्रकारिता’को नियत आफैँमा प्रष्ट छ ।

मेराविरुद्धको झुठ प्रचार गर्दा कान्तिपुर मिडियाले आफ्ना सबै प्रकाशन र प्रशारण माध्यमको व्यापक प्रयोग गर्यो । कान्तिपुर दैनिक, नेपाल साप्ताहिक, कान्तिपुर अनलाइन, रेडीयो कान्तिपुर र कान्तिपुर टेलीभिजन । ती सबै एउटै कान्तिपुर मिडिया हुन् भन्ने कुरा सर्वसाधारण सबैलाई जानकारी छैन । र, कतिपयलाई लाग्यो होला– ‘रेडियोले पनि त्यही भनेको छ, टिभीले पनि त्यही कुरा गर्छ, कान्तिपुर पत्रिकामा पनि लेखेको छ, नेपाल पत्रिकाले पनि छापेको छ, अनलाइनमा पनि छ, त्यसकारण त्यो कुरा त सत्य नै हुनुपर्छ । नत्र सबैले किन एउटै कुरा लेख्थे ?’

आदिकवि भानुभक्तले गरेको यो शहरको वर्णनमा कान्तिपुर शव्दको मिठास जति छ, त्यो मिठास अहिलेको कान्तिपुरमा कहाँ पाउनु ? कान्तिपुर शब्द नै व्यापारिक लाग्छ । आज कान्तिपुरमा केही न्यायाधीशहरूको, केही विदेशीहरूको, केही यहाँका दलाल पूँजीपतिहरूको शेयर छ । उनीहरूको प्रभावलाई न्यूनीकरण गर्ने कसको आँट ? कसको तागत ?

ती समाचारहरू आएपछि मैले सम्पादक सुधीर शर्मासँग टेलिफोनमा कुरा पनि गरेँ । त्यो समाचार सच्याउनुहोस्, मेरा सर्टिफिकेटहरू हेर्न कि मेरा घर आउनुहोस् कि म उतै पठाइदिन्छु छापिदिनोस् भनेर करिव ४५ मिनेट कुरा गरेँ । तर उनी टसमस भएनन् । सायद मेरो सत्य वचन भन्दा उनलाई त्यतिबेला त्यो विषवृक्ष नै प्रिय लाग्यो होला । उनले त्यसैलाई मलजल गरिरहे । त्यसपछि मलाई कान्तिपुरका समाचारमा विश्वास नै लाग्न छोड्यो । अनुत्तरदायी र पीत पत्रकारिताको पर्याय नै लाग्छ अचेल कान्तिपुर ।

युरोपको मध्ययुगीन कृषि व्यवस्थाको अध्ययन गर्दा हामीले त्यहाँ एउटा Feudal भन्ने शव्द पाउँछौँ । त्यतिबेलाको अति विशिष्ट र सम्मानसूचक शव्द थियो त्यो । असल मानिसहरूलाई संवोधन गर्ने शव्द थियो । तर तिनै ‘फ्यूडल’हरू नै आफ्नो स्वार्थमा तल्लीन हुँदै गए र पछि कार्ल मार्क्सले आफ्नो पुस्तक Das Capital मा त्यो शव्दलाई नै अत्याचारीको प्रतिकका रूपमा अर्थ्याए । अन्ततः फ्यूडल शव्दको पुरानो अर्थ मानिसले विर्सँदै गए । यहाँ नेपालमा पनि कुनै जमानामा राष्ट्रवादी भन्ने एउटा विद्यार्थी संगठन थियो । कति राम्रो शव्द थियो त्यो । तर पछि त्यही राष्ट्रवादी मण्डलेमा परिणत भयो र उसप्रतिको मान्छेको दृष्टिकोण नै फेरियो । मलाई कान्तिपुर पनि त्यस्तै लाग्छ ।

आदिकवि भानुभक्तले ‘चपला अबलाहरू एक सुरमा गुनकेसरिको फुल ली शिरमा, हिँडन्या सखि लिकन वरिपरी अमरावती कान्तिपुरी नगरी’ भनी गरेको यो शहरको वर्णनमा त्यो कान्तिपुर शव्दको मिठास जति छ, त्यो मिठास अहिलेको कान्तिपुरमा कहाँ पाउनु ? कान्तिपुर शब्द नै व्यापारिक लाग्छ । आज कान्तिपुरमा केही न्यायाधीशहरूको, केही विदेशीहरूको, केही यहाँका दलाल पूँजीपतिहरूको शेयर छ । उनीहरूको प्रभावलाई न्यूनीकरण गर्ने कसको आँट ? कसको तागत ?

यद्यपि मलाई लाग्छ सत्यको लागि संख्या चाहिँदैन । सत्य सत्य नै हुन्छ एक्लो भए पनि । मेरो विरुद्ध लेखाइएका लेखिएका समाचारमा यदि सत्यता छ भने आउनुहोस् नागरिक समाज र बुद्धिजीवीहरू फेरि पनि एउटा वहसमा उत्रिउँ । म हिच्किचाउँदिनँ ।

कान्तिपुरविरुद्ध अदालतको अपहेलनामा मुद्दा चल्दा करिव १२ पानाको आदेशमा जे बोलिएको थियो, त्यसलाई लिएर उक्त मिडियाले राजनैतिक पार्टीहरू, लगानीकर्ता र आफूलाई समाजमा केही हुँ भन्नेहरूलाई उतार्यो । रामचन्द्र पौडेल समेतका नेताहरू अदालत प्राङ्गणमा उत्रिए । तर उसले लेखेका खबरहरूमा कुनै सत्यता थिएन । पुष्टि गर्ने कुनै आधार नै थिएन । ‘हाम्रो बीचमा अन्डरस्ट्यान्डिङ ग्याप भएजस्तो छ । म उहाँका विरुद्ध लेख्दिनँ । एकपटक भेट्न पाउँ’ भनी कान्तिपुरका प्रकाशक कैलाश शिरोहियाले खबर पठाएका रहेछन् ।

दामोदर शर्मा र रामकुमार शाह प्रधानन्यायाधीश रहँदासम्म कान्तिपुरको मुद्दालाई न त प्राथमिकता दिइयो न त त्यो अवधिमा हामीहरूका विरुद्ध उक्त मिडियाले नै केही लेख्यो । तर जब कल्याण श्रेष्ठ प्रधानन्यायाधीश हुनुभयो, उहाँ स्वयमले मलाई एकदिन ‘तपाईँले हेरिरहेको कान्तिपुरको मुद्दा म हेर्छु, मलाई हेर्न दिनुस्’ भन्नुभयो । पछि उहाँले त्यो मुद्दा हेर्दाहेर्दैको अवस्थाबाट छुटाएर अन्यत्र तोक्दै जानुभयो । सुशीला कार्की प्रधानन्यायाधीश भएपछि विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लबाट अनौठो फैसला गराउनुभयो ।

मैले भनेँ– म मिडियालाई सम्मान गर्छु । मिडिया राष्ट्रका पहरेदार हुनुपर्छ । राष्ट्रको विकासमा मिडियाले भूमिका खेल्नुपर्छ । पत्रकारको कलमबाट केवल सूचना संप्रेषण गर्ने मात्र होइन नागरिक सचेतना फैलाउन सकिन्छ । त्यसैले रामराजा पौडेलले पत्रकारिताको किताबमा लेखेजस्तो रामको जस्तो सत्यवादिता, कृष्णको जस्तो वियुत्पन्नमति, दशरथको जस्तोकीर्ति, बेन्जामिन फ्राङ्कलिनको जस्तो अविष्कारिता, पुलित्जरको जस्तो जाँगर, एकलव्यको जस्तो एकाग्रता, अर्जुनको जस्तो दृष्टि, अब्राहम लिंकनको जस्तो सोँच आदि हुनुपर्छ । म मिडियाको सम्मान गर्छु । कसैप्रति प्रतिशोध राख्नुपर्ने पूर्वाग्रही हुनुपर्ने कुनै कारण नै छैन । आफ्नो गल्तीको स्वीकार्यता नै सबैभन्दा ठूलो कुरा हो । आफू सुध्रिन सक्नु नै महानता हो ।

दामोदर शर्मा र रामकुमार शाह प्रधानन्यायाधीश रहँदासम्म कान्तिपुरको मुद्दालाई न त प्राथमिकता दिइयो न त त्यो अवधिमा हामीहरूका विरुद्ध उक्त मिडियाले नै केही लेख्यो । तर जब कल्याण श्रेष्ठ प्रधानन्यायाधीश हुनुभयो, उहाँ स्वयमले मलाई एकदिन ‘तपाईँले हेरिरहेको कान्तिपुरको मुद्दा म हेर्छु, मलाई हेर्न दिनुस्’ भन्नुभयो ।

‘सबै अधिकार त हजुरमै छ । मैले केही भन्नु छैन’– मैले भनेँ, ‘तर कसैलाई सजाय गरेर नाम कमाउने न्यायाधीश म होइन । मिडिया र जुडीसीयरीको क्षेत्राधिकारका सम्वन्धमा सबै प्रष्ट हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’

पछि उहाँले त्यो मुद्दा हेर्दाहेर्दैको अवस्थाबाट छुटाएर अन्यत्र तोक्दै जानुभयो । सुशीला कार्की प्रधानन्यायाधीश भएपछि विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लबाट अनौठो फैसला गराउनुभयो । करिब तीनसय कानून व्यवसायी संलग्न त्यो मुद्दामा निवेदकहरूलाई बोल्न समेत नदिई हटाउने सुविधा समेत तोडेर कान्तिपुरको पक्षपोषण हुनेगरी आदेश भयो । त्यो मुद्दाको तथ्य र उहाँहरूको आदेशलाई हेर्ने जो–कोहीलाई पनि वास्तविकता थाहा हुन्छ कि सत्यको छायाबाट सबैलाई कसरी टाढा पारिएको रहेछ त्यतिबेला । (क्रमशः)

यो पनि पढ्नुहोस्-

माकुरा, मिडिया र षड्यन्त्रका जालोहरू
https://ghatanarabichar.com/108818