सरकारलाई कांग्रेसले दियो आन्दोलनको ज्वारभाटा पैदा गर्ने चेतावनी

सरकारलाई कांग्रेसले दियो आन्दोलनको ज्वारभाटा पैदा गर्ने चेतावनी


नेपाली कांग्रेसले ओली सरकारलाई अधिनायकवाद उन्मुख रहेको आोप लगाउँदै शनिबार राजधानीको बानेश्वरमा शान्तिपूर्ण जुलुसमाथि भएको अन्धाधुन्द आक्रमणलाई गम्भीर रुपमा लिइएको जनाएको छ ।

नेपाल तरुण दलको नेतृत्वमा माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक भएको आक्रमणबाट नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटीलगायत ४ दर्जनभन्दा बढी घाइते भएका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

प्रवक्ता शर्माका अनुसार प्रहरी दमनको लगत्तै सभापति शेरबहादुर देउवा एवं नेता रामचन्द्र पौडेलले अस्पताल पुगेर घाइतेहरुको स्थिति बुझ्नुका साथै आन्दोलनकारीहरुको हौसला बढाएका थिए ।

शार्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकातर्फ संसदलाई छलेर ८ दिनपछि सार्ने अनि अर्कातर्फ सडकको प्रदर्शनमा पनि दमन गर्ने सरकारका विरुद्ध झनै एकतावद्ध ढंगले उभिनु पर्ने आवश्यकता हामीले महसुस गरेका छौँ ।’

‘नेपाली कांग्रेसको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान हो भन्ने विषयमा हामी प्रष्ट छौँ । त्यसलाई हुबहु विधेयकका रुपमा ल्याउनु नै डा. गोविन्द के।सी।ले जारी राख्नु भएको अनशनको समाधान हो भन्ने कुरा जगजाहेर छ । अनशनको तेस्रो साता पूरा भैसक्दा पनि वार्ता मार्फत समाधान खोज्ने र उहाँको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनुलाई अत्यन्तै गैर जिम्मेवार प्रवृत्ति ठहर गर्दै घोर भत्र्सना गर्दछौं ।’

‘चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा हाम्रो आन्दोलन जारी छ । सरकार आफ्नो रवैया रुपान्तरित गरेर तत्कालै समाधान खोज्नतर्फ नलागे अधिनायकवाद उन्मुख शैलीका विरुद्ध अझ प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नुपर्ने चेतावनी दिन चाहन्छौँ ।’