अर्थमन्त्री भन्छन् : चार महिनामै ५० अर्ब विदेशी ऋणका लागि छलफल भयो

अर्थमन्त्री भन्छन् : चार महिनामै ५० अर्ब विदेशी ऋणका लागि छलफल भयो


अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो चार महिनामै आफुले ५० अर्ब विदेशी ऋणका लागि छलफल अन्तिम चरणमा पुर्याएको दावी गरेका छन् । सरकारले विदेशी लगानी भित्र्याउन तयारी गरिरहेको भन्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री डा. खतिवडाले सन्तुलित बजेट ल्याएको, वित्तीय अनुशासनको बिधिले दातृ निकायहरु पनि विश्वस्त भएको जानकारी दिए ।

‘थप सहयोगका लागि प्रतिवद्धता पनि बढाईरहेका छन् ।’, मन्त्री खतिवडाले पत्रकार सम्मेलनमा भने । मन्त्री खतिवडाले सन्तुलित बजेट, वित्तीय अनुशासनको कार्यक्रम अघि सारेकोले आफुलाई विदेशी दातृ निकायले विश्वास गरेको दावी गरेका छन् ।

‘प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता पनि बढेको छ, स्वदेशी निजी क्षेत्र पनि उत्साहित देखिन्छ, नेपालमा लगानी गरेपछि राम्रो प्रतिफल पाइन्छ भन्नेमा निजी क्षेत्र विश्वस्त बनिरहेको छ’, मन्त्री खतिवडाले भने ।

सो अवसरमा राजश्व सचिव शिषिर ढुंगानाले गत आर्थिक बर्षमा राजश्व संकलनको लक्ष्य कसरी पुरा गरियो भन्नेबारे फेहरिस्ता सुनाएका थिए ।

ऐनले गत आवमा समग्र राजश्व २०.९१ प्रतिशतले बढेको जानकारी दिए । उनका अनुसार भ्याटतर्फ २९ प्रतिशत, भन्सार तर्फ २१.७ प्रतिशत, अन्तशुल्क तर्फ २१.१ प्रतिशत र आयकर तर्फ ७.८१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, उनले गैर कर राजश्व संकलनको दर भने १७.९ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।