समाजबाद तर्फको यात्रा : निजी मेडिकल कलेजको राष्ट्रियकरणबाटै सुरु गरौँ

समाजबाद तर्फको यात्रा : निजी मेडिकल कलेजको राष्ट्रियकरणबाटै सुरु गरौँ


श्री नेपाली जनताको स्थिर नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यु,

विषय : समाजबाद तर्फको यात्रा निजी मेडिकल कलेजको राष्ट्रियकरणबाटै सुरु गरौँ भन्ने सम्बन्धमा ।

सम्मानीय प्रधानमन्त्री ज्यु,
संबिधान मै समाजबाद उन्मुख स्वाधीन राष्ट्रिय अर्थतन्त्रको ब्यबस्था गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादतर्फ जाने भनेको छ । अहिले दुई तीहाईको बाम सरकार छ । राष्ट्रिय स्वाधिन अर्थतन्त्रको विकासका लागि पाइला चाल्न प्रसस्त अनुकुलता छन् । तर सरकारका पाइला त्यस दिशामा भए नभएको आफै अनुभत गर्न सकिन्छ ।

कतै पढेको संझिन्छु,
भारतमा इन्दिरा गान्धीले सन् १९६९ मा सबै ठूला बैंकहरुको राष्ट्रीयकरण गरिन् र मुलुकको ढुकुटीको बोझको रुपमा रहेका ५६५ पूर्व राजा रजौटाहरुको खुवा खान्की (privy purse)बन्द गरिदिइन् ।

कांग्रेस पार्टीको पुरानो पुस्ताले यस्तो आक्रामक कदमको निम्ति उनलाई दलबाट निष्काशनको कार्वाही गर्यो ।

तर उनले राष्ट्रियकरण साहसिक कदमलाई आफ्नो मुख्य एजेण्डा बनाएर बाँकी साथीहरुलाई समेट्दै उनी मध्यावधि चुनावमा गइन् र सन् १९७१ मा भारी बहुमत सहित निर्वा्चित भइन् ।

अनि भारतको संविधानमा २७ औँ संशोधन गरेर उनले पूर्व घोषित आफ्ना कार्यक्रम लागु गरिन् ।

सुरुका वर्षमा दब्बु, सोझी र लजालु भन्दै ‘गूंगी गुडिया’ नाम दिइएकी उनै इन्दिरा गान्धी पपुलिस्ट काम र कदमले भारतीय राजनीतिमा यसरी शक्तिशाली “आइरन लेडी“ बनेर उदाइन् कि मृत्यु हुँदाको बखत उनी लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्रीको पदमा बहाल थिइन् ।

सम्माननीय प्रधानमन्त्री ज्यु,
रुपमा हेर्दा अहिले देश डा.केसी र गैह्र केसीमा बिभाजन भएको देखिन्छ।
तर सार पक्ष के हो भने अहिले दुई नाफाखोर मेडिकल लगानीकर्ताको लड़ाई हो। सरकार भर्सेज डा.केसी त सतहमा देखिएका मात्रै हुन् ।

आबश्यक पर्दा बैंक जस्तो निजी बित्तीय क्षेत्र त राष्ट्रियकरण गर्न सकिने रहैछ भने लोककल्याणकारी राज्यको प्रमुख जिम्मेदारीमा पर्ने शिक्षा स्वास्थ्य क्षेत्रमा राज्यको पहल कदमीले तपाईको उचाई अझ बढ़ने छ ।

एक कदम समाजवादतर्फ अगाडि बढेर सबै मेडिकल कलेज उचित मुआब्जा निर्धारण गरेरै भए पनि राष्ट्रियकरण गरौं, रुपमा देखिएका स्वार्थका धुप बाल्ने अहिलेका डा.केसी र गैह्र केसी पक्षधर दुबै नै सरकार र केसीको बिरोध गर्नेछन् ।

सबै कुरो छरलङ्ग हुने छ र समग्र जनता सरकारको साथमा हुनेछ। सर्बशूलभ स्वास्थ्य सेवा र शिक्षा निम्न बर्गीयहरुको हातमा पनि पुग्नेछ ।

हरेक मतदिने मतदाताको छाती तपाई नेतृत्वको सरकार प्रति गर्वले धक्क फुल्नेछ ।

अनि कहि कतै तपाई प्रधानमन्त्रीज्युले भाषणमा भन्नु भए जस्तै भोट दिन छुटाएकाहरु पनि यसपटकलाई पछुतो मान्दै अबको चुनाबमा अबश्य मत दिने छन् किनकी तपाईको यो राष्ट्रियकरणको निर्णयले सबल राष्ट्रीय अर्थतन्त्रको ढोका खोलिने छ ।

यो केबल सुझाव हो, सुझाब भनेकै दिने कुरा हो लिने नलिने कुरा त दिनेको वश मा हुँदैन् ।
प्रधानमन्त्रीज्यु सफलताको शुभकामना ।
उहि आम नेपाली
प्रभात,
हाल पोखरा ।