एनआरएनए अष्ट्रियाका महासचिवको धम्की र संस्थाभित्रको भ्रष्टाचारबारे थप कुरा

एनआरएनए अष्ट्रियाका महासचिवको धम्की र संस्थाभित्रको भ्रष्टाचारबारे थप कुरा


Sagar Subedi, Austria

देशबाहिर बस्ने नेपालीहरूको सबैभन्दा ठूलो सामाजिक संस्था हो एनआरएनए । सामाजिक संस्थाले गर्ने कृयाकलाप जस्तै महत्वपूर्ण हुन्छ त्यस संस्थामा कार्यरत पदाधिकारीहरूले गर्ने सामाजिक व्यवहार । हामीले गैरआवासीय नेपाली संघ अष्ट्रियामा चरम आन्तरिक विवाद रहेको कुरा यसभन्दा अगाडिको समाचारमा प्रकाशित गरेका थियौँ । समाचार प्रकाशनपश्चात कुनै कुरामा चित्त नबुझेको खण्डमा आफ्नो स्पस्ट कुरा राख्ने, खण्डन गर्ने कानूनी तथा व्यवहारिक अधिकार हुँदाहुँदै पनि संस्थाका महासचिव निर्मल पौडेलजीले घटना र विचार डट कमका जिम्मेवार सहकर्मीलाई टेलिफोन गरी धम्कीको लवजमा समाचारबारे आपत्ति प्रकट गर्नुभएको थियो । यो पङ्तिकारमाथि सामाजिक डण्डा वर्षाउन जस्तो पनि कदम चाल्ने भन्ने आसयको धम्की उहाँले दिनुभएको थियो । पौडेलजी चानुहुन्थ्यो कि त्यो समाचार प्रकाशित नहोस् र आम गैरआवासीय नेपालीले गैरआवासीय नेपाली संघ अष्ट्रियाका प्रतिनिधिद्वारा संघको केन्द्रिय अधिवेशनमा निभाएको भूमिका तथा भ्रष्ट्राचारजन्य कुराको जानकारी कसैलाई नहोस् भन्ने थियो।

यसैबीचमा गैरआवासीय नेपाली संघ अष्ट्रियाले भ्रष्ट्राचारको कुरालाई सुल्झाउन तथा प्रस्ट पार्न भन्दै एक विशेष नाम दिइएको गोप्य गुटगत भेला बोलायो । संस्थामा करीब ३५० भन्दा बढी साधारण सदस्य आवद्ध हुँदाहुँदै उक्त भेलामा संस्थाको नेतृत्वमा रहेका व्यक्तित्वले गरेका कमजोर कृयाकलाप तथा आरोपित भ्रष्ट्रचार गर्ने व्यक्ति ‘महासचिव’को बचाउ गर्न चाहने अष्ट्रियामा बसोबास गर्ने अन्य संघसंस्थाका नेपालीहरु मात्रै उपस्थित थिए भन्ने जानकारी पाइयो ।

यो पङ्तिकारले पाएको प्रमाणको आधारलाई हेर्ने हो भने उक्त दिनको भेलाले सामाजिक संस्थाको जिम्मेवार पाटोलाई नहेरी भ्रष्ट्राचारजन्य कृयाकलापविरूद्द निवेदन दिनुभएका पूर्व आइसीस िसदस्य श्री रविचन्द्र भट्टराईले गर्नुभएको न्युनतम मागलाई समावेस नगरी गैरजिम्मेवारपूर्ण निर्णय लेख्ने काम भयो । श्री भट्टराईले गुटगत भेलामा उपस्थित हुन स्विकार गर्नुभएन । उहाँको माग थियो कि भ्रष्ट्राचार गैरआवासीय अष्ट्रियावासीको साझा चिन्ताको विषय हो र यो विषयमा चासो राख्ने हरेक साधारण सदस्य उपस्थित भई आफ्नो धारणा राख्न पाउनु पर्दछ । यसो भन्दै भेलालार्इ सार्वजनिक बनाउन पटक पटक संस्थाका पदाधिकारी र यो विषयमा चासो राख्ने अष्ट्रियावासी नेपालीलाई सम्बोधन गर्दै उहाँले पत्रचार गर्नुभयो । यस विषयमा वर्तमान कमिटिले ठाडै इन्कार गर्यो । सार्वजनिक भेला भन्दै अरू संस्थाका पदाधिकारीहरूलार्इ बोलाएर एनआरएनएका विषयमा महत्वपूर्ण गैर निर्णयहरू गरिए । पत्रकारकर्मी र अन्य साधारण सदस्यलार्इ भेलामा उपस्थित हुन बन्चित गरेपछि पूर्व आर्इसीस िसदस्य श्री भट्टरार्इले भेलामा सहभागी हुनुको औचित्य नरहने भन्दै अनुपस्थित रहने आधिकारिक जानकारि गराउनुभयो ।

संस्था सुरूवातदेखि नै आन्तरिक झमेलामा छ । एक वर्षको कार्यकाल पूरा नहुँदै संस्थाका सचिव, कोषाध्यक्ष र सदस्यले कार्यसमिति छाडिसकेका छन् ।
केहिले त राजीनामा दिएको अथवा नदिइएको कुरा अझै गोप्य नै छ । संस्थाका पदाधिकारीहरू नै यस विषयमा अनभिज्ञ छन् । आफुखुसी मनोनित गरिएका छन् । र, अझैसम्म पनि संस्थाका सल्लाहाकारहरू सार्वजनिक गरिएको छैन । यसै विषयलार्इ संस्थाका वरिष्ठ उपाध्यक्षले पारदर्शिताको माग गर्दा संस्थामा आफ्नो बहुमतको गर्जन दिँदै वास्ता नगरेको अथवा उल्टो वरिष्ठ उपाध्यक्षको पदनै खोसिने धम्की खेपिरहनु भएको छ ।

संस्थाको एकमात्र मानार्थ सदस्यले अत्यन्त पिडादायक र मर्मस्पर्शि निवेदन अध्यक्षको नाममा लेख्दै चरम विवादित संस्थामा बसेर काम गर्न नसकिने भन्दै राजीनामा दिनु भएको छ । स्मरण रहोस् मानार्थ सदस्य निलम सेन्चुरीजी गैरआवासीय नेपाली संघ अष्ट्रियाको नाममा समाजलार्इ फार्इदा हुने संघको दोस्रो जेनेरेसनका हाम्रा बालबच्चाहरूलार्इ विभिन्न मनोरन्जनात्मक कृयाकलाप र अन्य महत्वपूर्ण सामाजिक कृयाकलापमा निश्वार्थ रूपमा कृयाशिल हुनुहुन्थ्यो ।

संस्था विवादित भएका विभन्न विषयमा अष्ट्रियामा बसोबास गर्ने र संस्थालार्इ नजिकबाट नियालिरहेका पूर्व पदाधिकारी तथा विभिन्न सामाजिक तथा राजनैतिक व्यक्तिहरूसँग कुराकानी गर्ने जमर्को गरेको थिएँ । यसै विषयमा मानार्थ सदस्यबाट राजीनामा दिनुभएकी निलम सेन्चुरीजीसँग प्रतिकृया माग्दा उहाँ भन्नुहुन्छ- ‘एनआरएन अष्ट्रियामा सोझो तवरले कार्य सम्पादन गर्ने तथा संस्थाको गरिमालार्इ उचो राख्दै सामाजिक कृयाकलापमा हातेमालो गर्न नसकिने अवस्था भएको तथा संस्थाभित्रको चरम लापरबाहीले कुनै ठोस कार्य गर्न नसकिने तथा सत्य बोल्नेहरूप्रति समितिले बैमनस्यताको व्यवहार राखेको हुनाले मैले यस संस्थाबाट अलग्गिने निर्णय गरेको हूँ ।’ उहाँले दिनुभएको भावुक राजिनामा पत्र पनि यस पङ्तिकारलार्इ प्राप्त भएको छ ।

समाजका विभिन्न ब्यक्तित्वहरुबाट अहिलेको गैरआवासीय नेपाली संघ अष्ट्रियाको कृयाकलाप तथा पदधिकारीमाथि अन्तर्राष्ट्रिय सम्मेलनमा आरोप लगाइएको भ्रस्टाचारजन्य कृयाकलापको बारेमा प्रतिकृया लिएको थिएँ । यसैक्रममा आदिवासी जनजाती महासंघ अस्ट्रियाका पूर्वअध्यक्ष तथा पूर्व जनप्रगितिशील शान्ति समाज अस्ट्रियाका पूर्व अध्यक्ष तथा वर्तमान संस्थाको कार्यसमिति सदस्यमा रहनुभएका श्री विक्रम लामाज्यूसँग कुराकानी गरेको थिएँ । उहाँको प्रतिकृयाको सार थियो- ‘हामीले संस्थागत हितको पक्षमा विभिन्न कृयाकलाप गर्दै आइरहेका छौँ । अस्ट्रियामा अवस्थित विभिन्न संघीय राज्यमा रहेका एलसीसी हरुलाई पूर्णता दिने काम गर्यौं । तर संस्थाको उद्देश्यप्रप्तिको लागि भने संस्था चुकेकै हो । हामीले आफ्नो जन्मभूमि नेपाल तथा यहाँ बसोबास गरिरहेका नेपालीहरुको पक्षमा धेरै काम गर्नु छ तर विडम्बना यो छ कि हामी चाहेर पनि केही गर्न सकिरहेका छैनौं । जस्तो म उदाहरण दिन्छु, संस्थाको कार्यसमितिमा एक कुरामा छलफल भई माइनेटिङ हुन्छ तर विज्ञप्ति मनोमानी ढंगले प्रकाशित हुन्छ । विज्ञप्ति लेख्नेले आफ्नै तरिकाले संस्थाका सदस्यलार्इ जानाकरी नै नभएको कुरा लेख्ने गरिन्छ । त्यसैमा पनि वर्तमान महासचिव काम गर्न नसक्ने र नजान्ने । मैले पनि ब्यक्तिगत रुपमा महासचिवलाई तपाईंले पदअनुसारको काम गर्न सक्नुहुँदैन । महासचिव चलाऊन कुनै विज्ञता हासिल तथा कुनै उच्च शिक्षाको जरुरत नभए पनि केही सामाजिक तथा व्यवहारिक ज्ञान हुनु पर्दछ । किनकि हामी जो मुलुकमा बसेका छौा यही मुलुकको विधिविधानलाई सर्वोपरी ठान्दै काम गर्नुपर्ने हुन्छ, भन्ने खालका नितान्त ब्यक्तिगत सुझाव दिएको थिएँ । तर उहाँले मेरो सुझावलाई बेवास्ता गर्नुभयो । अहिले उहाँबाट कार्यसम्पादन गरेको कुराहरु अहिलेको संस्थाको कृयाकलापमा प्रस्ट देखिन्छ । उहाँ थप्नुहुन्छ, जुन तवरले निर्वाचनपछि गैरआवसीय नेपाली संघ अष्ट्रिया जानुपर्थ्यो गएन ।’

यसै विषयमा एनआरएन अष्ट्रियाका निवर्तमान अध्यक्ष तथा पूर्व जनप्रगितिशील शान्ति समाजका संस्थापक अध्यक्ष श्री धर्मराज खतिवडासँग आफ्नो राय राख्न अनुरोध गरेको थिएँ । खतिवडाजी भन्नुहुन्छ, ‘अहिले संस्था ती ब्यक्तिहरुको हातमा पुग्यो जो ब्यक्तिलाई यो संस्थाको गारिमा तथा सामान्य गतिविधिलाई कसरी लैजानुपर्छ भन्ने सामान्य ज्ञान पनि छैन, त्यसो भन्दैमा सबै पदाधिकारीहरुलाई दोष लगाउन पनि मिल्दैन तर सामान्य तवरले बुझ्ने हो भने पनि संस्थामा पदाधाकारी हुन कुनै डिग्री होल्डर नै हुनुपर्छ भन्ने हुँदै होइन तर संस्थाको मुलभुत उद्देश्य तथा अष्ट्रिया जस्तो थोरै नेपाली दाजुभाई दिदीबहिनीहरु भएको देशमा कसरी संस्था चलाउँदा उहाँहरुले सम्पूर्ण गैरआवासीय नेपालीलाई एेक्यबद्धता पार्न सक्थ्यो भन्ने सामान्य सोच पनि नलिएको देखियो । उहाँहरुले चुनाव त जित्नुभयो तर संस्था बाँदरको हातमा नरिबलको उखानको स्थितिमा पुग्यो ।’

खतिवडाजी थप्नुहुन्छ, ‘संस्थाको नेतृत्वले संस्थालाई लिगमा गुडाउने सामर्थ्य नभएको स्पष्ट देखिन्छ । संस्थालाई बच्चाउने हो भने सबै बिचारका व्यक्ति तथा समुदायलाई हातेमालो गर्नुको विकल्प छैन र यदि यो संस्था कानूनी झन्झटमा परेको खन्डमा यसको घाटा हामी स्वयंलाई नै पर्ने र अध्यक्षले समयमा नै यो भ्रष्ट्राचारी कृयाकलाप स्विकार गरेका पदाधिकारीलाई जतिसक्दो छिटो कार्बाही गरी गैरआवासीय नेपाली संघ अष्ट्रियाको गारिमा बचाउनुतर्फ लाग्नुपर्छ ।’

यसैबीचमा, अस्ट्रियामा लामो समयदेखि बसोबास गर्दै आउनुभएका कान्तिपुर कलेज काठमाडौंका पूर्व प्राध्यापक तथा वर्तमान प्रवासी नेपाली मन्च अष्ट्रियाका अध्यक्ष श्री गणेश प्रसाइज्यूसँग उहाँको प्रतिकृया माग्दा भन्नुभयो, ‘नजानेको कुरामा अध्यक्षज्यु र महासचिवले अरुलाई सोधेर संस्थाको हितमा काम गरेको भए यो विवाद सायदै आउने थिएन कि ? कमसेकम संस्थाको प्रमुख पदमा रहेर कार्यसम्पादन गर्ने ब्यक्तिहरुले के बोल्दा र के गर्दा संस्थाको हितको पक्षमा हुन्छ ध्यान दिँदै कार्यसम्पादन गर्नुपर्ने हुन्छ र संस्थासँग जोडीएर विधानविपरीत कुनै पदाधिकारीले कृयाकलाप तथा भ्रष्टाचारजन्य कृयाकलाप गर्छ भने अध्यक्षले यस्ता कुरामा नजरअन्दाज तथा बचावट गर्न लाग्नु हुँदैन र संस्थामा रहेपछि संस्थाको सर्वोपरि हितको पक्षमा काम गर्नैपर्छ ।’

यस विषयमा औपचारिक कुरा गर्न गैरआवासीय नेपाली संघका युरोपियन क्षेत्रीय संयोजक श्री शिवकुमार बरुवालज्यू लगायत उपसंयोजकहरुलाई अधिकारिक पत्राचार तथा अनौपचारिक तवरले सामाजिक सन्जालमार्फत गैरआवासीय नेपाली संघ अष्ट्रियाका वरिष्ठ उपाध्यक्षले संस्थाभित्र भैरहेका गन्जागोल, हालिमुहाली र महासचिवले केन्द्रमा गरेको विधानविपरितका अवैधानिक कृयाकलाप लगायत संस्थाको सर्वोपरी हितमा उहाँले दिएका सुझावलाई संस्थाले वास्ता नगरेको तथा मनोमानी गरेको सम्बन्धमा एक क्रमबद्ध लिस्ट तयार गरी संस्थाका केन्द्रिय महासचिव डा. बद्री केसीलाई बोधार्थ दिँदै दिइएको निवेदन तथा केन्द्रले संयोजकलार्इ दिएको निर्देशन उपर अहिलेसम्ममा कुन प्रकृया अगाडि बढाउनु भयो भनी प्रतिकृया मागेको थिएँ । यो प्रश्नमा उपसंयोजक एकराज गिरीले आधिकारिक धारणा संयोजकबाट मात्र दिन सकिने र मैले २, ३ पटक यस विषयमा संयोजकलाई जानकारी गाराइसकेको हुनाले अधिकारिक धारणाको लागि संयोजक बरुवाललाई नै बुझ्नु भन्ने धारणा राख्नुभयो भने युरोपियन संयोजक बरुवालले ५ मिनट मात्र कुरा गरौं भन्दा पनि यो विषयलाई यसै महिनाको अन्त्यमा लक्जम्बुर्गमा हुन गैरहेको क्षेत्रीय सम्मेलनमा ब्यस्त रहेको र सम्मेलनपछि यो विषयलाई टुङ्गो लगाउने कुरा अनौपचारिक तवरले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो ।

यस विषयमा संस्थाका अध्यक्ष श्री जीवनजंग कुँवरको प्रतिकृया समावेस गर्न खोजेको थिएँ, तर उहाँले त्यति चासो देखाएको महसुस भएन तथा प्रस्ट कुरामा मेडियासँग फेस गर्ने हिम्मत जुटाउन सक्नुभएन । तर समाचार तयार गर्दैगर्दा उहाँले मेरो इमेलको अनौपचारिक जवाफ दिँदै, हामीले यो विवादको विषयलाई १४ तारिक बसेको भेलाले टुङ्गो लगाइसकेका छौँ र यससँग सम्बन्धित विज्ञप्ति पनि महिला फोरम अष्ट्रियाको फेसबुक पेजमा प्रकाशित गरेका छौँ भन्ने खालको जानाकारी दिनुभयो ।

संस्थाका महासचिवसँग अघिल्लोपटक प्रकाशित समाचारको विषयमा उहाँलाई लागेको विमतिको विषय तथा घटना र विचारलाई धम्कीयुक्त टेलिफोन कल र उहाँमाथि लगाइएको आरोपको बारेमा प्रस्ट पार्न पत्राचार गर्दा उहाँबाट कुनै प्रतिकृया आएन । यकारण उहाँ मिडियाबाट टाढा रहन चाहेको अनुभूति हुन्छ ।

महिला फोरम अष्ट्रिया समुहको फेसबुक पेजमा, संस्थाका वर्तमान प्रवक्ता (विधान अनुरुप अवैधानिक)ले गैरआवासीय नेपाली संघ अष्ट्रियाका महासचिवले अन्तरराष्ट्रिय अधिवेशनमा उमेद्बवारलाई सहयोग गर्नको लागि पैसा नभएका व्यक्तिलार्इ एक्काइस हजारका दरले काठमाडौंमा नै पैसा दिएको र काठमाडौंमा दिन नसकेको रकम यहाँ आएपछि बैंकमार्फत पठाएको तर उहाँले गरेको यो कृयाकलाप भ्रस्टाचार भन्न नमिल्ने जिकीर कार्यसमितिबाट निर्णय गरी विज्ञप्ति प्रकाशित भएको रहेछ ।

उक्त विज्ञप्तिका विषयमा पूर्व आइसीसी सदस्य श्री रविचन्द्र भट्टरार्इसँग प्रतिकृया माग्दा उहाँ भन्नुहुन्छ, ुमैले संस्थाको हितको विषय उठाउँदा मलाई संस्थाको महासचिब श्री निर्मल पौडेलज्यूले फोन गरी एकोहोरो मात्र बोली आफ्नो अष्ट्रियामा रहेको सारा जायजेथा सकेर भएपनि अथवा नेपाल नै फर्कन पर्ने अवस्था बने पनि तपाईंको सर्वनास गर्छु भन्ने धम्की दिनुभएको र मैले यो कुरा कार्यसमिति तथा अष्ट्रियावासी बुद्धिजीवीलाई आधिकारिक जानकारी गराइसकेको छु तर कार्यसमितीले यस विषयमा कुनै छलफल समेत नगरेको भन्ने बुझ्न आएको छ । र यदि भोलिका दिनमा म तथा मेरो परिवारलाई त्यस्तो कुनै, केही भएको खण्डमा मैले महासचिव श्री निर्मल पौडेलविरुद्ध कानूनी कारवाही प्रकृयामा जानुपर्ने हुन्छ र यसको जिम्मेवार स्वयं पौडेलजी हुनुपर्नेछ । मैले उठाएको प्रमाणित भैसकेको विषयमा मलाई यसरी धम्की दिनु अत्यन्तै निन्दनिय छ । मैले कुनै पनि व्यक्तिलार्इ नभएर पदसँग सम्बन्धित पदाधिकारीको गलत कृयाकलापविरुद्ध आवाज उठाएको हूँ । अधिवेशनमा पैसाको लेनदेख भएको प्रमाण त गैरआवासीय नेपाली संघको विज्ञप्तिले प्रष्ट पारिसकेको छ ।

यी कुराहरूलाई बुंदागत रुपमा भन्न चाहन्छु :

१) कार्यसमितिभित्रका साथीहरुलाई समेत देखाउन नहुने भन्दै काठमाडौं मत दिन गएका गैरआवासीय नेपाली संघका साधारण सदस्यहरुको नामावली गोप्य रुपमा पठाउनु नै लेनदेनको आशय थियो भन्ने झल्किन्छ । त्यसमा पनि म अधिवेशनमा भाग लिन्न भनेका व्यक्तिहरू तथा जानकारी नै नगराएका व्यक्तिहरूको नामाबवली महासचिवले लैजानु भनेको लेनदेनमा प्रभाव पार्ने खालको देखिन्छ ।

२) एक्काइस हजार रुपियाँ प्रतिव्यक्तिले लिएको भन्ने कुरा विज्ञप्तिमा नै प्रस्ट भएको अवस्थामा दुई जना ब्यक्तिले मात्र एक्काइस हजार पाएको भन्ने कुरा त भैसक्यो । अब कुरा रह्यो अरू २६ जनाको पनि २१ हजारको हिसावमा पैसा लिएको हुनसक्ने वातावरण देखिन्छ । कि २ जनाको मात्र पैसा फलानो मान्छेबाट लिएको भन्ने प्रमाण सम्बन्धित प्रतिनिधिले देखाउन सक्नुपर्छ ।

३) गैआवासीय नेपाली संघ केन्द्र होस् या राष्ट्रिय समन्वय परिषदको कुन विधानको कुन धाराअनुरुप उक्त उम्मेदवारलाई जिताउन पैसा लिने र दिने काम गरे यो पनि प्रस्ट जानाकारी गराउनुपर्ने हुन्छ ।

४) साना कुराहरुमा अब बहस गर्नु आवश्यक छैन । किनकि यहाँ ठूला कुराहरु नै ओझेलमा पर्न थालिसके र संस्थाले वर्तमान अधिकारिक फेसबुक बन्द गर्ने निर्णय गरेको छ । यो विषयलार्इ साधारण सभाबाट अनुमोदित गराउनु पर्दछ । किनकि लामो समयदेखि चलिरहेको फेसबुकमा धेरै आधिकारिक जानकारीहरू थिए । विगत ६ वर्षभन्दा अघिदेखि चलिआएको फेसबुक यस कार्यकालका पदाधिकारीहरूले अन्य सामाजिक संस्थाका पदाधिकारीहरू जम्मा गरेर बन्द गर्ने निर्णय गैरकानूनी छ ।

आधिकारिक फेसबुकमा जसलार्इ पायो त्यसलार्इ एडमिन बनाउने को हो त्यसलार्इ समाजमा देखाउनै पर्दछ । त्यो गरिएको अपराध लुकाउन फेसबुक नै बन्द गराउने षडयन्त्र हुँदैछ ।

५) पूर्व आइसीसी सदस्यको नाताले संस्थाको निर्वाचित महासचिवले गरेको विधान, विधि तथा कानून विपरीतको कृयाकलापविरुद्धमा आवाज उठाएको हुँ, किनकि संस्थामा यस्ता किसिमका दलाली प्रवृत्ति रहयो भने गैरआवासीय नेपाली संघको प्रतिष्ठामा ठूलो आँच आउने देखेर नै मैले आवाज उठाएको हूँ । लेनदेनको स्विकार गरिसक्नुभएको महासचिवलाई अविलम्व छिटो बर्खास्त तथा यो कृयाकलापमा जोडिएका महासचिवलाई बचाउन प्रकृया मिचेर गलत कृयाकलाप गर्ने अध्यक्ष श्री जीवनजंग कुँवरले अविलम्ब राजीनामा दिन तथा नदिएको खण्डमा युरोप क्षेत्रका संयोजकतथा केन्द्रले गैरआवासीय नेपाली संघ अष्ट्रियाका अध्यक्षलार्इ जतीसक्दो छिट्टो निलम्बन गरि छानबिन प्रक्रिया अगाडि बढाए मात्र भोलि पनि गैरआवासीय नेपालीको संस्था भनेर गर्व गर्ने ठाउँ रहने छ ।

यस विषयमा अब हाम्रो ध्यान युरोपियन संयोेजक तथा केन्द्रतर्फ आकर्षित भएको छ । यस विषयमा केन्द्रले कस्तो तवरले लिन्छ र कुन कारवाही प्रकृया अगाडि बढाउँछ भन्ने कुरालाई आगामी लेखमा समेट्ने छौँ र गैरआवासीय नेपाली संघ अष्ट्रियाका प्रवक्ता द्वारा जारी गरिएको विज्ञप्ति जस्ताको तस्तै यसै महिनाको अन्तिममा हुन गैरहेको युरोपियन क्षेत्रीय भेलामा पत्रकारको तर्फबाट प्रस्तुत गर्ने छौँ ।

पुनश्चः आवश्यक परेको खण्डमा संस्थाको कानूनी झमेलाको पाटो तथा वर्तमान विधानले संस्था तथा कार्यसमितिलाई दिएको अधिकारको बारेमा फेरि अर्को फलोअप लेख लेख्ने छौँ ।

– सागर सुवेदी, अष्ट्रिया