राप्रपा संगठन विभागमा मनोनयन

राप्रपा संगठन विभागमा मनोनयन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संगठन विभागका सदस्य सचिवमा भक्तिप्रसाद सिटौला (झापा) तथा सदस्यमा रमानन्द न्यौपाने (जुम्ला), पुष्पराज पुरुष (ललितपुर), रीता माझी (रामेछाप) र राम नेपाली (नुवाकोट) लाई आज मनोनयन गरेका छन् ।

अध्यक्ष थापाले पार्टीको विधानअनुसार संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको सिफारिसमा उहाँहरुलाई मनोनयन गरेका हुन् । यसैबीच पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले अनशनरत प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गरेको छ ।

संगठनका कावा अध्यक्ष शशी भण्डारीले पाँच वर्षदेखि मुलुकको चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि संघर्षरत प्रा डा केसीको मागप्रति समर्थन गर्दै चाँडो समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।