१२औँ इक्यान शैक्षिक मेला शुरु

१२औँ इक्यान शैक्षिक मेला शुरु


नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १२औँ शैक्षिक मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।

मेलाको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाएजस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागि समेत शैक्षिक गन्तव्य बनाउन सकिने बताए । उनले नेपालमा बौद्ध शिक्षा, हिमाल आरोहण शिक्षा, संस्कृतिलगायतका विषयमा अन्य देशका विद्यार्थी भित्र्याउन इक्यानले भूमिका खेल्नुपर्ने उल्लेख गरे ।

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले ‘शिक्षा आर्जन गर्न विदेश जाँदा विद्यार्थी नठगिउन् र सही परामर्श पाउन्’ भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताए ।

इक्यानको शैक्षिक मेला पहिलोपटक सन् २००८ मा वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको थियो । मेलामा ३८८ वटा स्टल राखिएको छ ।