भारतको राज्यसभामा २२ भाषाका दोषासेको व्यवस्था

भारतको राज्यसभामा २२ भाषाका दोषासेको व्यवस्था


भारतको माथिल्लो सदनका रूपमा रहेको राज्यसभामा २२ भाषाका दोभासेको व्यवस्था गरिएको छ ।

अहिले थप पाँच भाषाका दोभासेको व्यवस्था गरेर कुल २२ भाषाका दोभासेको व्यवस्था गरिएको राज्यसभाका अध्यक्ष एम.भी. नैडुले बताए ।

माथिल्लो सदनमा यसअघि पनि १७ भाषाका दोभासेको व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।

अहिले डार्गी, काश्मिरी, केन्कानी, सान्थाली र सिन्धी भाषाका दोभासे थप गरिएको जनाइएको छ ।

भारतको संसदमा फरकफरक भाषा प्रयोग गर्ने समुदायका नेताहरू प्रतिनिधि भएर आउने गरेका छन् ।

फरकफरक भाषाभाषीका प्रतिनिधिले आफ्नै भाषामा बोल्ने भएकाले दोभासे अत्यावश्यक भएको बताइएको छ ।