भारतको राज्यसभामा २२ भाषाका दोषासेको व्यवस्था

भारतको राज्यसभामा २२ भाषाका दोषासेको व्यवस्था


भारतको माथिल्लो सदनका रूपमा रहेको राज्यसभामा २२ भाषाका दोभासेको व्यवस्था गरिएको छ । अहिले थप पाँच भाषाका दोभासेको व्यवस्था गरेर कूल २२ भाषाका दोभासेको व्यवस्था गरिएको राज्यसभाका अध्यक्ष एमभी नैडूले घोषणा गरेका छन् ।

माथिल्लो सदनमा यसअघि पनि १७ भाषाका दोभासेको व्यवस्था गरिएको जनाइएको छ । अहिले डार्गी, काश्मिरी, केन्कानी, सान्थाली र सिन्धी भाषाका दोभासेहरू थप गरिएको छ ।

भारतको संसदमा फरक फरक भाषा प्रयोग गर्ने समुदायका नेताहरू प्रतिनिधि भएर आउने गरेका छन् । फरक फरक भाषाभाषीका प्रतिनिधिहरूले आफ्नै भाषामा बोल्ने भएकाले उनीहरूको दोभासे अत्यावश्यक भएको बताइन्छ ।