यसकारण समर्थन फिर्ता लिँदैछ राजपा

यसकारण समर्थन फिर्ता लिँदैछ राजपा


राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्चित जस्तै भएको छ । राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थनको आधार भत्किँदै गएको निष्कर्ष निकाल्दै फिर्ता लिने विषयमा विचार गर्न सक्ने संकेत गरेको हो ।

सरकारलाई दिइएको समर्थनको आधार भत्कँदै गएको निष्कर्ष निकालिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । लोकतन्त्रको मर्म विपरित, जनमतको दुरुपयोग गर्नेतर्फ सरकार उन्मुख रहेको निष्कर्ष निकाल्दै पार्टीले तत्सम्बन्धमा प्रधानमन्त्री केपी ओलीसँग आज भेटगरी छलफल गर्ने निर्णय पनि गरेको छ।

राष्ट्रिय जनता पार्टी, नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि गम्भिरताका साथ पहल गर्न पनि सरकारलाई दवाव दिएको छ। त्यसैगरी बाढी र भूकम्प पीडित जनतालाई उचित राहतको व्यवस्था गर्न र सांसद रेशमलाल चौधरीलगायतका पार्टीका नेता, कार्यकर्तामाथि लगाइको झुठा मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग राख्दै सरकारलाई दवाव दिँदै आइरहेको छ ।