सर्वोच्चको निर्णयले ओली सरकारलाई झड्का

सर्वोच्चको निर्णयले ओली सरकारलाई झड्का


सर्वोच्च अदालतले कर्जा सुरक्षण विकास कोषका प्रमुख कार्यकारी अधिकृत विजयबाबु मिश्रलाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज प्रमुख कार्यकारी अधिकृत मिश्रलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो ।

आदेशमा सुनुवाइको मौकासमेत नदिईकन हटाइएको हुनाले पदमुक्त गर्दा मिश्रलाई अपूरणीय क्षति पुग्ने भन्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गत असार २८ गते कर्जा सुरक्षण कोषका कार्यकारी निर्देशक मिश्रलाई पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।