तपाईंको यो साता (राशिफल, २०७५ साउन २–८)

तपाईंको यो साता (राशिफल, २०७५ साउन २–८)


– ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ । साताको पहिलो दिनबाट कार्य सम्पादनमा सहजता मिल्नेछ । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ गाढा रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गरी यात्रा गर्दा लाभ मिल्नेछ ।

वृष
पारिवारिक जीवनमा रमाइलोपना आउनेछ । धर्मकर्म, परोपकार, समाजसेवाजस्ता कार्यमा मन लाग्नेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आँटेकोे र ताकेको कार्य पूरा हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुअघि देवीजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन
समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । वाक्चतुऱ्याइँले सङ्कल्पसिद्ध हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ हरियो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नले अधिक सफलता मिल्नेछ ।

कर्कट
मनमा वैराग्यको भावना पलाउन सक्छ । सामाजिक क्षेत्रका कामबाट लाभ लिन सकिनेछ, तर गर्नैपर्ने काममा विलम्ब हुन सक्छ । कुविचारमा मन जानेछ । झुटा आरोप आइलाग्न सक्नेछ । अभिभावकको आशीर्वादले काम गर्न सक्छ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महामृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुन सक्छ । भोगविलाससँग सम्बद्ध सामग्रीको किनमेल गरिनेछ । शुसमाचार सुन्न पाइनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ खैरो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

कन्या
परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीकोे दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला
धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । ठूलाबडाको साथसहयोग पाइनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको अन्त्यमा आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ गुलाबीे हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

वृश्चिक
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन् । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहनेछ । कला र गलाको प्रभाव बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । यो साताका लागि शुभअङ्क ४, ८ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु
गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । साताको अन्त्यबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ सेतो वा पहेँलो हो । शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । ठूला व्यक्तिले तपाईंको मिहिनेतको प्रशंसा गर्नेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ कालो वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्मीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ । मनोरञ्जनमा सहभागी भइएला । पुनर्मिलनको योग रहेको छ । साताको अन्त्यबाट मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनुपर्छ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ कालो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको आराधना गरी गरेको कायबाट अधिक सफलता मिल्नेछ ।

मीन
नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । राजनीतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । साताको पहिलो दिनबाट सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । झञ्झटिलो काममा संलग्न हुनुपर्नेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्कोे स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।