निषेधित क्षेत्रमा नेवि संघको भव्य विरोध प्रदर्शन

निषेधित क्षेत्रमा नेवि संघको भव्य विरोध प्रदर्शन


पार्टी सुस्त देखिए पनि नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले सरकारका गलत क्रियाकलापविरुद्ध बुलन्द रुपमा आवाज उठाउने तथा विरोध प्रदर्शनका कार्यक्रम अघि सार्दै आएको छ । यसैक्रममा आज मंगलबार कम्युनिष्ट सर्वसत्तावादविरुद्ध नेवि संघको वृहत प्रदर्शन शीर्षकमा संघले माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शनको कार्यक्रम सम्पन्न गरेको छ ।

सरकारले अधिकारको पक्षमा लडेको भनेपनि नागरिकको अधिकार खोस्न खोजेको, अधिनायकवाद लादेको, गोविन्द केसीको माग पूरा गर्न चासो नदिएकोलगायतका आरोप लगाउँदै गरिएको विरोध प्रदर्शनको नेतृत्व संघका अध्यक्ष नैनसिंह महरले गरेका थिए । संघका अध्यक्ष महरले सरकारले नागरिकको अधिकार खोसेकाले त्यसको विरुद्धमा नेवि संघले विरोध प्रदर्शन गरेको बताए ।

माइतीघर मण्डलामा भेला भएर नाराबाजीसहित करिव दुई हजारको जुलुस संघीय संसद भवन नयाँ वानेश्वरतर्फ अघि बढ्दै निषेधित क्षेत्र समेत तोड्ने प्रयास गर्दा प्रहरीले नेविसंघका कार्यकर्तामाथि लाठीचार्ज गरेको थियो । दुईपक्षीय झडपमा नेविसंघका केही कार्यकर्ता घाइते भएका छन् ।

नेवि संघले गरेको सो विरोध प्रदर्शनमा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु समेत स्वतःस्फूर्त रुपमा सहभागी थिए भने नयाँ शक्ति पार्टीले समेत ऐक्यबद्धता जनाएको थियो ।

हेर्नुहोस नेवि संघले आयोजना गरेको विरोध कार्यक्रमका केही झलक-