अनौठो किसिमको बसोबास

अनौठो किसिमको बसोबास


नेपालको जातीय नक्सा अरू देशको भन्दा एकदमै भिन्न छ । झट्ट हेर्दा जनसङ्ख्याको वितरण गन्जागोल खालको देखिन्छ । कुनै जाति कुनै निश्चित ठाउँमा मात्र सीमित नरहेर अनौठो पाराले छरिएका छन् र एक–अर्कासँग छ्यासमिस भएर बसेका छन् । तैपनि खासखास जातीय समूह खासखास उचाइमा बस्ने गरेको भने पाइन्छ ।

पर्वतशृङ्खला र नदीप्रणालीबाट बाँडिएका नेपालका यस्ता सबै क्षेत्र बसोवासका लागि उपयुक्त छैनन् । यसरी स्पष्ट रूपमा भएको भौगोलिक विभाजनको सोझो प्रभाव जातीय वितरणमा पनि परेको छ । प्राकृतिक हिसाबले लाम्चिएर रहेका नेपालका तीन मुख्य भागलाई खेतीपातीका लागि प्रकृतिले नै निर्धारित गरिदिएको जस्तो लाग्छ– ती हुन् भित्री हिमाल, मध्यपहाडी भाग र तराई ।

राम्रो हावापानी भएको नेपालको मध्यपहाडी भागमा पूर्वबाट भोट–बर्मेली समूहका मानिस र पश्चिमतिरबाट भारोपेली समूहका मानिस बसाइँ सरेर आए । यसरी यो एसियाका दुई ठूला आप्रवासनको भेल आएर मिसिने ठाउँ बन्यो । त्यसरी आएर उनीहरू जुन भूखण्डमा बसोवास गर्न पुगे, त्यसैलाई आज हामी नेपाल भनेर चिन्दछौँ । रहँदा बस्दा यी दुवै समूह । नेपालका प्राचीन जाति र खास रैथाने बन्न पुगे ।

राम्रो हावापानी भएको नेपालको मध्यपहाडी भागमा पूर्वबाट भोट–बर्मेली समूहका मानिस र पश्चिमतिरबाट भारोपेली समूहका मानिस बसाइँ सरेर आए । यसरी यो एसियाका दुई ठूला आप्रवासनको भेल आएर मिसिने ठाउँ बन्यो । त्यसरी आएर उनीहरू जुन भूखण्डमा बसोवास गर्न पुगे, त्यसैलाई आज हामी नेपाल भनेर चिन्दछौँ । रहँदा बस्दा यी दुवै समूह । नेपालका प्राचीन जाति र खास रैथाने बन्न पुगे ।

यी रैथाने जातिहरू लामो समयसम्म एक–अर्कासित शान्तिपूर्वक मिलेर बसे । शान्ति भङ्ग हुने किसिमले कोही पनि अर्काले बसोवास गरेको ठाउँ मिच्न गएन अथवा कसैले पनि बसोवास निम्ति अयोग्य औलो लाग्ने ठाउँ वा दुर्गम हिमाली कन्दरामा धकेलिनुपरेन । चौधौँ शताब्दीमा भारतमा मुसलमान र हिन्दू राजाहरूबीच लडाइँ नहुँदासम्म नेपालको पहाडमा त्यो शान्ति कायमै रह्यो । तर, उसबेलाको भारतमा चलेको । धार्मिक–राजनीतिक युद्धहरूको मारमा त्यहाँका उच्च जातिका मानिसहरू परे । अनि त्यहाँका क्षत्रीय शासकवर्ग । आफ्ना ब्राह्मण पुरोहितहरूसहित भागेर हिमालयका फेदीतिर लागे । तर, मधेशमा बस्न अभ्यस्त ती भगौडाहरू धेरै अग्ला ठाउँतिर नलागी २००० मिटरभन्दा तलतिरै बसोवास गर्न थाले ।

यसरी भागेर आउनेहरू सबैले नयाँ परिवेशमा आफ्नो साबिकको सामाजिक मानमर्यादा कायम राख्न नसक्नु स्वाभाविक थियो । उनीहरूमध्ये बहुसङ्ख्यकले जीवननिर्वाहका लागि कठोर मिहिनेत गर्नुपयो । त्यसैले पूर्वी र पश्चिम नेपालका पहाडी भेगका गाउँमा बस्ने ब्राह्मणहरूको अवस्था अरूको भन्दा कमजोर देखिन्छ । सहरमा भने धार्मिक ग्रन्थहरूका व्याख्याताका रूपमा केही हदसम्म बाहुनहरूले आफ्नो अवस्था बलियो पार्न सके ।

दक्षिणतिरबाट भएको अतिक्रमण सामान्यतया शान्तिपूर्ण रहेको भए पनि रैथाने नेपालीहरूमाथि मैदानी इलाकाबाट जनसङ्ख्याको चाप बढ्न गयो । यस चापबाट रैथानेहरू विस्थापित हुन पुगे र प्राचीन नेपाली तथा भारतीय नेपालीबीचको सांस्कृतिक सरहद पनि सर्न गयो । यस्ता विस्थापनका धेरै उदाहरण पूर्वी नेपालका कैयन् ठाउँहरूमा पाइन्छन् । सुनकोसी नदीको जलाधार क्षेत्रको १५०० मिटरभन्दा तल्लो भागमा पाइने भग्न छोर्तेन र मानेहरूले यही कुरा देखाउँछन् । यी छोर्तेन र मानेहरू कुनैबेला त्यस ठाउँमा प्रचलित रहेको बोनधर्मका अवशेषहरू हुन्, जुन धर्मका अनुयायीहरूमा तामाङ र राई जाति पनि पर्दछन् । ती ठाउँहरूमा अहिले भारोपेली जातिका मानिसहरू बसोवास गर्दछन् ।

(नेपालको चिनारी, टोनी हागन)