क्रोयसियन राष्ट्रपतिकी छोरीले ‘फिगर स्केटिङ’को प्रस्तुति दिने खुलासा

क्रोयसियन राष्ट्रपतिकी छोरीले ‘फिगर स्केटिङ’को प्रस्तुति दिने खुलासा


क्रोयसियाको टिम विश्वकपको फाइनलमा प्रवेश गरेसँगै क्रोयसियाकी राष्ट्रपति कोलिन्डा ग्रेबर कितारोविकको चर्चा एकाएक चुलिएको छ । आफ्नो सुन्दरताको निम्ति विश्वभर चिनिएकी कोलिन्डा फुटबलकी क्रेजी फ्यान हुन् भने उनकी छोरी क्याट्रिना कितारोविक ‘फिगर स्केटिङ’को ठूलै खेलाडी हुन् । स्केटिङमा जुनियर नेश्नल च्याम्पियन रहिसकेकी क्याट्रिना पनि सुन्दरतामा आफ्नी आमाभन्दा कम छैनन् ।

राष्ट्रपति कोलिण्डाले आइतबार मस्कोको लुज्निकी स्टेडियममा हुने फिफा विश्वकपको २१औँ संस्करणमा आफ्नी छोरी क्याट्रिनाले फिगर स्केटिङको प्रस्तुति दिने खुलासा गरेकी छिन् । राष्ट्रपति कोलिन्डा स्वयम् पनि विश्वकपको फाइनल खेल हेर्न लुज्निकी स्टेडियममा उपस्थित हुँदैछिन् ।

ज्ञातव्य छ, गत बुधबार राति आयोजित सेमीफाइनल प्रतियोगितामा क्रोयसियाले बेलायतलाई २–१ ले पराजित गरी फाइनलमा आफ्नो स्थान बनाएको थियो ।