भारतकी चर्चित मोडल पूनम विश्वकपको फाइनल खेल हेर्न काठमाडौंमा

भारतकी चर्चित मोडल पूनम विश्वकपको फाइनल खेल हेर्न काठमाडौंमा


भारतकी चर्चित मोडल एवम् सिनेअभिनेतृ पूनम पाण्डे यतिबेला नेपाल यात्रामा छिन् । रुसमा जारी विश्व कप फुटबलको अवसरमा आफ्ना नेपाली प्रशंसकसँग बसेर विश्वकप फुटबलको फाइनल खेल हेर्न पाण्डे नेपाल आएकी बुझिएको छ ।

नेपाल भ्रमणमा रहेको बेला भगवान् बुद्धको जन्म नेपालमा भएको अभिव्यक्ति दिएर पूनमले नेपालीको मन जित्ने कोशिस गरेकी छिन् । बलिउड नायिका पुनम पाण्डेले शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त धारणा व्यक्त गरेकी हुन् ।

आफू पहिलोपटक नेपाल आएको उल्लेख गर्दै उनले नेपाललाई असाध्यै सुन्दर देशको रुपमा पाएको बताइन् । आफ्नी आमाको मुखबाट नेपालको बारेमा धेरै कुरा सुनेकी र गौतम बुद्ध नेपालमा जन्मिएका थिए भन्ने पनि आमाबाटै जानकारी पाएको उनले बताइन् ।

विश्वकप फुटबलको अवसरमा नेपाल आउन पाएकोमा आफूलाई खुशी लागेको पूनमको भनाई छ । दरबारमार्गस्थित डेजाभु क्लबमा आफ्ना प्रशंसकसँग नायिका पुनम पाण्डेले भेटघाट गर्ने तथा विश्वकप फुटबलको फाइनल पनि त्यहीँ हेर्ने बुझिएको छ । यसपटकको विश्वकप क्रोयसियाले जितोस् भन्ने आफ्नो चाहना रहेको पनि पाण्डेले खुलासा गरेकी छिन् ।