शेयर बजारमा दुई अर्ब बढीको कारोबार

शेयर बजारमा दुई अर्ब बढीको कारोबार


धितोपत्र बजारमा यस साता दुई अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बताईअनुसार यस साता कूल १९१ कम्पनीको ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ४४ प्रतिशत बढी हो ।

गत साता १८४ कम्पनीको रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरका ४२ लाख ५४ हजार ५५० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२ दशमलव ४१ अंकले घटेर अन्तिम दिन एक हजार १९१ दशमलव ९८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलव ६८ अंकले घटेर २५१ दशमलव शुन्य पाँच अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको १५ करोड २५ लाख बराबरको शेयर कारोबार भयो । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको तीन लाख ९० हजार कित्ता शेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको जनाइएको छ ।