पूर्वस्वास्थ्य राज्यमन्त्री आलमको निधन

पूर्वस्वास्थ्य राज्यमन्त्री आलमको निधन


शुक्रबार साँझ पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । आलम केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा २०७२ कात्तिकदेखि २०७३ साउनसम्म स्वास्थ्य राज्यमन्त्री हुन् ।

आलमको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा निधन भएको हो । आफन्तका अनुसार ५३ वर्षीय आलमलाई बिहीबार गृहजिल्ला रौतहट गएको बेला हृदयाघात भएको र त्यसलगत्तै उनलाई उपचारका लागि गंगालाल ल्याइएको थियो ।

यसअघि स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरुलाई निर्देशन समेत दिएका थिए । तर निर्देशन दिएको केही समयमै आलमको निधन भएको छ ।

आलमको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले शोक वक्तव्‍य जारी गरेका छन् । नेकपाको अनुसार आलमको पार्थिव शरीरलाई शनिबार विहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिने छ ।

मंसिरमा भएको संघीय संसदको निर्वाचनबाट नेकपामा प्रवेश गरेका आलम विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए ।