‘तिजको लहर अमेरिकासम्म’ सार्वजनिक, अभिनेत्री करिश्मा र पारूको चर्चा चुलियो

‘तिजको लहर अमेरिकासम्म’ सार्वजनिक, अभिनेत्री करिश्मा र पारूको चर्चा चुलियो


उदीयमान गायिका पारू रञ्जितको ‘तिजको लहर अमेरिकासम्म’ सार्वजनिक भएको छ । महिलाको विशेष पर्व हरितालिका तिजलाई मध्यनजर गरेर पारूले उक्त गीतलाई बजारमा ल्याएकी हुन् । उत्कृष्ट निर्देशन, कर्णप्रिय सङ्गीत, समुधर स्वर र करिश्माको सशक्त अभिनयले अहिले यो गीतले निकै चर्चा बटुलेको छ ।

उक्त गीतमा नेपालकी चर्चित नायिक करिश्मा मानन्धरले अभिनय गरेकी छिन् । टिनएजका युवतीझैँ छमछमी नाचेकी करिश्माले यो नृत्यमा आफूलाई अब्बल रूपमा प्रस्तुत गरेकी छिन् । गीतले सार्वजनिक भएसँगै निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । लामो समयपछि तिजको गीतमा अभिनय गरेकी करिश्माले पारूको स्वरमा रहेको यो तिजको गीत निकै उत्कृष्ट भएको बताएकी छिन् ।

करिश्माको अभिनयसँगै पारूको स्वर रहेको यो गीतले अहिले नेपाली बजारमा निकै चर्चा पाएको छ । नेपालीहरूले बसोवास गर्दै आएका अमेरिका, अस्ट्रेलिया, बेलायत र खाडी मुलुकहरूमा अहिले यो गीतको व्यापक चर्चा भएको छ । यिनै मुलुकलाई केन्द्रबिन्दु बनाएर गीतको रचना गरिएकोले पनि यो गीतको चर्चा चुलिएको हो ।

बाबुल गिरीको शब्द र सङ्गीत रहेको यो गीतको छायाङ्कन श्रीधर पौडेलले गरेका हुन् । साथै उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी पवित्रा आचार्यले गरेकी छिन् भने सम्पादन विष्णु शर्माले गरेका छन् । भिडियोको निर्माण वीरेन्द्र रञ्जितले गरेका हुन् ।