मौद्रिक नीतिः सुन बजार व्यवस्थापनमा लचकता

मौद्रिक नीतिः सुन बजार व्यवस्थापनमा लचकता


नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सुन बजार व्यवस्थापनमा भने केही लचकता अपनाएको छ ।

दैनिक अधिकतम २० किलो सुन बजार पठाइरहेको अरवस्थामा अव मासिक हिसावमा बजार व्यस्थापन गर्न सकिने नीति राष्ट्र बैंकले अवलम्बन गरेको हो ।

सुन चाँदी व्यवसायीहरुले दैनिक रुपमा २० किलो सुन वितरण गर्दा कुनै सयममा कोटाभन्दा बढी खपत हुने तथा कुनै समयमा २० किलो पनि बढी हुने समस्या रहेको बताउँदै आएका थिए । अब व्यवसायीले दैनिक २० किलो नै रहने गरी १ महिनाको एकमुष्ट सुन खरिद गर्न सक्ने भएका छन्। यसले गर्दा व्यवसायीले नै माग र पूर्तिको व्यवस्थान गर्न सक्ने र अवैध सुनको प्रयोग घट्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले दैनिक २० किलोको कोटा भने बढाउन नसकिने जनाएको छ ।

वाणिज्य मन्त्रालयको सहमतिमा राष्ट्र बैंकले सुन खरिद गर्दै आएको छ । मौद्रिक नीतिको तयारीको अवस्था राष्ट्र बैंकले दैनिक २५ किलो सुन बजार पठाउने गरी सुन खरिद गर्न वाणिज्य मन्त्रालयसँग सहमति मागे पनि सहमति पाएको थिएन ।