बजेट र मौद्रिक नीतिले पुँजीबजारलाई सम्बोधन गरेन: लगानीकर्ता

बजेट र मौद्रिक नीतिले पुँजीबजारलाई सम्बोधन गरेन: लगानीकर्ता


मौद्रिक नीतिले सार्वजनिक भएकै दिन शेयरबजार ओरालो लागेको छ । सो दिन नेप्से परिसुचक शुन्य दशमलव २९ अंकले घटेको हो ।

लगानीकर्ताहरुले मौद्रिक नीतिमार्फत मार्जिन लोनको दायरा ६० प्रतिशत पु¥याउनु पर्ने मागलाई सम्बोधन गरेको देखिदैन । मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पूँजीको साविकको ४० प्रतिशतबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । यससँगै बैंकहरुले आफ्नो पूँजीको २५ प्रतिशत मात्रै मार्जिन प्रकृतिको कर्जा लिन पाउने छन् ।

निरन्तर ओरोलो लागिरहेको बजारमा लगानीकर्ताहरु मौद्रिक नितिको अपेक्षामा थिए । तर मौद्रिक नीति सार्बजनिक भएकै दिन शेयर बजार परिसुचक शुन्य दशमलव २९ अंकले घट्दा लगानीकर्ताहरु आत्तिएका छन् । ‘क’ वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव शुन्य ८ अंकले घटेर २ सय ५३ दशमलव ९८ अंकले ओरालो लागेको नेप्सेले जनाएको छ । सो दिन कारोवारमा आएका ९ उपसुचकमध्ये होटल, बैकिङ र उत्पादक कम्पनीहरु घटेका छन् भने अन्य ६ समुहहरु बढेका छन् ।

सो दिन एकसय ७१ कम्पनीहरुको १२ लाख ६७ हजार कित्ता शेयर ४७ करोड ९५ लाख रुपैयामा खरिद विक्री भएको नेपाल स्टकएक्सचेन्ज नेप्सेले जनाएको छ । पुँजी बजारको विकासका लागि मौद्रिक नीतिले अपेक्षाकृत सम्बोधन गर्न नसकेको लगानीकर्ताहरु बताउँछन् ।

मौद्रिक नीति पुँजी बजारको विकास र विस्तार गर्न सहायक सिद्ध नभएको भन्दै आगामी आर्थिक वर्षको बजेट जस्तै मौद्रिक नीति आएको उनिहरुको आरोप छ ।