डोजर बिग्रिएपछि पासाङल्हामु राजमार्ग अवरुद्ध

डोजर बिग्रिएपछि पासाङल्हामु राजमार्ग अवरुद्ध


गएरातिदेखि पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार कालिका गाउँपालिका– १ ग्राङ क्षेत्रमा सडक सफा गर्ने क्रममा डोजर बिग्रिएपछि सवारी आवागमन बन्द भएको छ ।

बिग्रिएको डोजर मर्मत गर्ने काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका १५० भन्दा बढी सवारीसाधन राजमार्गका विभिन्न ठाउँमा थन्किएका प्रजिअ पौडेलले जानकारी दिए ।

सडक खुलाउने प्रयास भइरहेको प्रजिअ पौडेलले बताए ।