सिरहामा सर्पदंशबाट एकको मृत्यु

सिरहामा सर्पदंशबाट एकको मृत्यु


विषालु सर्पदंशबाट सिरहाको गोलबजारमा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका–८ चोहर्वा भाइजीटोल निवासी ५५ वर्षीय देवलाल उराउ रहेका छन् । घरमै खाना खाएर सुत्न जाने बेलामा उराउलाई गोमन सर्पले टोकेको थियो ।

सर्पले टोकेलगत्तै उपचारका लागि चोहर्वास्थित जयकाली सर्पदंश उपचार केन्द्र चोहर्वामा भर्ना गरिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि धरान लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।