पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध


अन्नपूर्ण गाउँपालिका–ं ३ दानाको तितरमा गएराति आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छाउने प्रयास भइरहेको शर्मा गजुरमुखी अयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।

अवरुद्ध सडकको माटो र ढुंगा पन्छाउन मेसिन प्रयोग गरिएको छ । पहिरो गएको ठाउँ टाढा रहेकाले बस्तीलाई कुनै असर नगर्ने शेरचनले बताए । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका छन् ।

बेनी–जोमसोम–कोरला सडक निर्माणाधीन अवस्थामा छ । सडक विस्तार गर्ने जारी रहेकाले ठाउँठाउँमा पहिरोको सम्भावना छ ।