राजपाले समर्थन फिर्ता लिने !

राजपाले समर्थन फिर्ता लिने !


राष्ट्रिय जनता पार्टी कम्युनिस्ट सरकारमा सामेल हुने चर्चा चलिरहेका बेला उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक तयारी शुरु गरेको छ । राजपाका एक नेता राजेन्द्र महतोलाई निर्वाचन जिताउन सहयोग गरेको कम्युनिस्ट पार्टीले राजपालाई सरकारमा सहभागी गराउन प्रयास गर्दै आएको थियो । त्यस्तै, राजपा नेताहरू शरत्सिंह भण्डारी र राजेन्द्र महतोले सरकारमा सहभागी हुन आफ्नो पार्टीभित्र व्यापक कसरत पनि गर्दै आएका थिए ।

तर, अहिले राजापाले सरकारका अलोकतान्त्रिक निर्णय, सरकारको गैरजिम्मेवार व्यवहार र संविधान संशोधनलगायतका विषयलाई लिएर प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्ने र आवश्यक समझदारी नबने सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको छ । प्रधानमन्त्रीसँगको छलफलपछि पार्टीमा छलफल गरी उपयुक्त निर्णयमा पुग्ने उक्त पार्टीका नेताहरूले जनाएका छन् ।

यसरी राजपा सरकारमा सहभागी नहुने बरु सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिनेतर्फको सोच बन्न थालेपछि नेताहरू शरत्सिंह भण्डारी र राजेन्द्र महतो छटपटिएका छन् । उनीहरू अहिले पनि राजपा सरकारमा सामेल हुनुपर्छ भन्ने धारणा राख्दै छन् । तर, अधिकांश नेता र कार्यकर्ताहरू ओली सरकारमा सामेल हुन नहुने पक्षमा देखिएका छन् । राजापाले सरकारलाई दिएको समर्थन कहिले फिर्ता लिने भन्ने टुङ्गो नलागिसकेको भए पनि समर्थन फिर्ता लिइनेचाहिँ अब निश्चितप्रायः भइसकेको छ ।