२१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्द्रमा आगलागी

२१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्द्रमा आगलागी


नुवाकोटस्थित २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्द्रको कन्ट्रोल प्यानल (बस बार) मा आगलागी भएको छ ।

विद्युतगृहको ६ वटा कन्ट्रोल प्यानल जलेको र विदुर नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको केन्द्रले जनाएको छ । आयोजनामा आगालागी हुँदा २१ मेगावाट विद्युत आपूर्ति बन्द भएको छ ।

आगलागीबाट बसबार पूर्ण रुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेका छ । उता, केन्द्रको टेलरेस सुरुङबाट निस्केको पानी उपयोग गरी सञ्चालन भएको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत आयोजना भने संचालनमा आएको छ ।

जलविद्युत केन्द्रमा आगलागी हुँदा नुवाकोट र रसुवाको आधाभन्दा बढि भाग र धादिङको केही क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।

केन्द्रका अनुसार विद्युत आपूर्ति भएका स्थानमा १४ मेगावाटको देवीघाटबाट उत्पादन भएको विद्युत जडान गरिनेछ ।