संगठनात्मक संरचना टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै

संगठनात्मक संरचना टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज साँझ पुनः बस्ने भएको छ । संगठनात्मक संरचनाका विषयमा टुंगो लगाउन मंगलबार विहान बसेको बैठक साँझ पुनः बस्ने गरी स्थगित भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान बसेको बैठकमा नेकपाका नेता वामदेव गौतम नेतृत्वको कार्यदलले पेश गरेको पार्टीको नियमावली एवं सांगठनिक संरचनाका बारेमा पेश गरेको प्रतिवेदनमाथि छलफल भएको हो ।

गत शनिबार बसेको सचिवालयको बैठकले नेता गौतमको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

सो पार्टी एकतापछि सांगठनिक संरचना, पार्टीका विभाग तथा अन्य नीतिगत विषयलाई टुंगो लगाउन बाँकी रहेको बताइन्छ ।