राजधानीको मुटूमा सडकको दुर्दशा

राजधानीको मुटूमा सडकको दुर्दशा


काठमाडौंको भोटाहिटी व्यापारिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थान मानिन्छ । विहानदेखि राति अबेरसम्मै यहाँ सेवाग्राहीको आवतजावत रहन्छ । दैनन्दिन प्रयोगमा आउने अनेकौँ सामानका निम्ति सबै तह वा वर्गका सेवाग्राहीको रोजाइको क्षेत्र हुनाले कमलाक्षी, असनदेखि इन्द्रचोकसम्म फैलिएका पसलहरु हरदम भीडभाडयुक्त हुन्छन् । यसरी सेवाग्राहीको घुइँचो हुने क्षेत्र हुनाले यहाँको सडकमा पैदलयात्री ठेलमठेल गरेर हिँड्दछन् । तर, यस्तो महत्वपूर्ण सडकमा समेत काठमाडौं महानगरपालिकाले ढल निकास र सरसफाइको उचित प्रबन्ध गर्न सकेको छैन । वर्षायाममा पैदल यात्रु सडकमा जमेको गजगजे हिलोमा गाडिँदै हिँड्न विवश छन् । सवारी साधन प्रयोग गर्नेले पनि यहाँ उत्तिकै सास्ती ब्यहोर्नुपर्छ ।
तस्बिर रासस