मोरङको खोर्सानेमा ज्योति विकास बैंक

मोरङको खोर्सानेमा ज्योति विकास बैंक


ज्योति विकास बैंक लि.ले मोरङको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । सुन्दरहरैंचा नगरपालिका–१२ मा रहेको उक्त शाखा औपचारिक रुपमा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र बैंकका संचालक छत्रमान श्रेष्ठद्वारा एक कार्यक्रमबीच आषाढ २५ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरियो ।

बैंकको नयाँ शाखा उदघाटन कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउँदै बैंकको प्रगतिको कमना गरे । उनले कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए ।

यस्तै, बैंकका संचालक छत्रमान श्रेष्ठले ज्योति विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा खोर्सानेमा शाखा खोलेको उल्लेख गर्दै ज्योति विकास बैंकमार्पmत कारोवार गरी सहयोग गर्न अनुरोध गरे ।

बताइएअनुसार हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ भने यसै आर्थिक वर्षभित्र थप तीनवटा नयाँ शाखा तथा थप चार स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १७ अर्व ८६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १५ अर्ब १५ करोड ऋण लगानी गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जानकारी दिएका छन् ।