शतक पुग्यो ग्लोबल आइएमईको बैंकिङ सेवा सङ्ख्या

शतक पुग्यो ग्लोबल आइएमईको बैंकिङ सेवा सङ्ख्या


ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ सञ्चालनमा नयाँ कोशेढुङ्गा पार गरेको जनाएको छ । आज असार २५ का दिन आफ्नो १००औँ सेवा सञ्चालनमा ल्याएर शाखारहित बैंकिङ सञ्चालनमा ल्याएर सो बैंकले छलाङ मारेको हो । ग्लोबल आइएमई बैंकले ०६९ असार २० गते बर्दिया जिल्लाको मैनापोखरमा पहिलो शाखारहित बैंकिङ सेवा खोलेर उक्त सेवाको सुरुवात गरेको थियो ।

आज आयोजित एक समारोहका बीच सुनसरी जिल्लाको बराह नगरपालिका–५ कालाबन्जरमा आफ्नो १००औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ सेवाको सुनसरी जिल्लाको बराह नगरपालिका–५ कालाबन्जरकी १०५ वर्षीया ज्येष्ठ नागरिक अनुरुपा बिष्ट तथा ग्लोबल आइएमई बैंक लि.का रेमिट्यान्स, क्रेडिट कार्ड बिक्री तथा बजार प्रबद्र्धन मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ सेवा प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा गरे । बैंकले जेष्यठ नागरिकप्रति सम्मान व्यक्त गर्दै आफ्नो १००औँ शाखारहित बैंकिङ सेवा १०५ बर्षकी ज्येष्ठ नागरिकको हातबाट समुद्घाटन गरेको हो ।

उक्त शाखारहित बैंकिङ सेवा उद्घाटन समारोहमा ग्लोबल आइएमई बैंक लि.का रेमिट्यान्स, क्रेडिट कार्ड बिक्री तथा बजार प्रबर्धन, मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ सेवा प्रमुख रविन्द्र्र ढकाललगायत स्थानीय समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय वासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सिडिएमए, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बताइएको छ ।